

जन्म र मृत्यू एक अनिवार्य हुनैपर्ने विधि र प्रकृया हो । यस्मा मानव जाति होइन संसारका सबै जिवीत प्राणीहरुले गर्नैपर्ने एक प्राकृतिक प्रकृया हो । जहाँ मान्छेको जन्म एक शिशुको रुपमा हुन्छन् भने अर्को बुढेसकालसम्ममा मृत्यू हुनेगरेको हुन्छन् । मानव जातिले नचाहे अथवा चाहेपनि मृत्यृ अनिवार्य हुने गर्दछन् । यो एक प्राकृतिक प्रकृया हो जहाँ मानव जाति लगायत पशुपंछी, जनावर, वनस्पिति र वनजङ्गल समेतले गर्नैपर्ने हुन्छन् । जन्म र मृत्यु एक खुशी हाे भन्ने एक दुखकाे विषय हाे तर दुख र शुख केही समय मात्रै रहने विषय हाे । मृत्यु दुख हाे भन्ने जन्म शुख हाे । याे संधै रहने कुरापनि हाेइन ।
यस संसारमा जन्म भएपछि हाम्रो जीवन एकदिन पकै सकिन्छन् जुनदिन हामी चाहेर केही गर्न सकिदैनौँ । तेसैले भएपनि राम्रो काम र कव्र्य गर्दै जानुपर्छ । हामी दैनिकी जुन तरीकाले जीवनयापन गर्दछौँ यस प्रकृयालाई जीवन्त दिन सबैभन्दा पहिलो कुरा मन सफा र सुध हुन जरुरी छन् तर यो प्राय अधिकाँश मानव जातिमा नदेखिएको अवस्था छन । प्रत्येक दिन एक अर्काको खुट्टा कस्ले तान्दछन मानव जाति । प्रत्येक दिन एक अर्काको कुरा कस्ले काट्दछन मानव जाति । प्रत्येक दिन नहुने भाषण कसले दिन्छन मानव जाति । र भ्रष्टाचार कसले गर्छन मानव जाति । एकले अर्कोलाई कसले नराम्रो भन्छन मानव जाति ।
माथिल्लो दोस्रो पाराग्राफमा भएका सबै कामहरु र कुराहरु कसले गर्छन मानव जाति नै हो नी की कसो । अनि हामी किन घमंड र लोभ, इस्र्या गर्दछौँ । यस विषय वस्तुलाई उठान गरिरहदा तपाईँ र हामी नसोधौँ “ अनि केही काम नगर्नु त ” भनेर नभनिदिनुहोला फेरी ।
हामी मानव जातिमा जतिसुकै घमंड र आफुलाई ठुलो ठान्दछौँ तर वास्तवमा हामी होइनौ रहेछ जन्म र मृत्यूलाई बुझदा । किनभने जतिसुकै घमंड, पैशा र पावर भएपनि मृत्यूले छोडने कुरा हुदैनन् नै । जहाँसम्म म, हामी र तपाईँ बुझदछौँ सत्यलाई नकारन चैँ सकिदैन, हो तेस्तै यो जन्म र मृत्यूको विधि भनौ या प्रकृया भनौ जन्म पछि मृत्यू अनिवार्य हुनेकुरा हो । समय कसैको बढी र थोरै हुनेकुरा हुनसक्दछ तर मृत्यू अनिवार्य हुन्छन् । तेसैगरी अर्को एक विवाह पनि हो जस्लाई मानव जातिले अनिवार्य ठान्दछन् जुन सतप्रतिशत गलत छन । विवाह एक आफनो सोच हो जस्ले जसरी बुझदछन् । विवाह एक अनिवार्य प्रकृतिक रुपमा गर्नैपर्ने विषय वस्तु होइनन् ।
जन्म भएपछि मृत्यू अनिवार्य हुन्छन्, सबैलाई सिकाउने विषय वस्तुपनि होइन तर यो विषयलाई हामी राम्रोसंग बोध गर्न सकेको छैनौँ । किनभने दैनिकी अपराध बढिरहेको छ । चोरी, धोखा, लुटपाट र संस्कार संस्कृती हराउँदैछ । आफन्तमै झग्डा, एक अर्काप्रती मनमोटाव र लोभ, लालच र इस्र्या जस्ता संकुचित मानसिकतामा ग्रसित यस समाजले मानव जातिको मुख्य विषेशतानै नबुझेको जस्तो देन्छिन् । मानव जाति एक चेतनशील प्राणी मान्दछौँ हामी तर के चेतनशील छौँ त बुझनुपर्ने विषय हो ।
अर्थ व्यवस्था यस्तो भइसकियो कि म, हामी र तपाईँ अर्थ व्यवस्था सहि र चलायमान नभए हामी गलत बाटोतिर उन्मुख हुन्छौँ । घरपरिवार चलाउनुपर्ने पैशा चाहिन्छन् । कपडा लिनुपर्ने पैशा चाहिन्छन् । खाना खानुपर्छ पैशा चाहिन्छन् । पढ्नुपर्ने पैशा चाहिन्छन् । रमाइलो गर्नुपर्ने पैशा चाहिन्छन् ।
म, हामी र तपाईँ जहिल्यै एक अर्काको कुरा अनिवार्य रुपमा काट्छौँ —काट्छौँ चाहे सकारात्मक रुपमा होस् अथवा नकारात्मक रुपमा होस् हामी अनिवार्य काट्छौँ । किनभने हामी मानव जाति हौँ र हामी यस्तै रहन्छौ । सबैले सबैको कुरा काट्छनै यसो भनिरहदा सबैले सबैको कुरा काट्छनै भनेर फेरी ताली बजाउने पनि होइन होला यस विषयमा गहन बोध गर्न जरुरी छन् । सहि र गलत छुट्याउन जरुरी छन् । कुन विषय कुन अर्थमा सहि र गलत छन् भन्ने हुनुपर्छ । सत्य कुरा जहिल्यै सत्य नै हुन्छन् र गलत कुरा गलत जहिल्यै रहन्छन् नै तर सत्य र असत्यलाई म, हामी र तपाईँ कसरी लिन्छौ भन्ने हो । कुन विषय कसरी सोच, विचार र दृष्टिकोणले स्मरण र बोध गर्दछौँ भन्ने मुख्य कुरा हो ।