

तपाईँ जागिर गर्दै हुनुहुन्छ भन्ने कार्यालय टिफिन टाइममा नाष्ता र चिया प्राय खानु हुन्छ । नाष्ताको अर्थ पेट भरी खानु त होइन नै तर चना, चुरा र भुजा जस्ता नाष्ता खानेकुरा खादा विहान १० बजे देखि बुलुकी ५ बजेसम्मको भोक थोरै भएपनि मेटाउने एउटा आधार हो । तेस्मा पनि थप अहिले बजारमा आलुचप र पकौडा, सलाद र अँचार सो नाष्ता संगै खानेकुराले अझै सन्तुष्ट बनाइन्छ । विगत केही वर्ष अगार्डी तराईका बजारहरुमा चना, चुरा र भुजाको नाष्ता प्रचलीत थिए र केही मात्रामा अहिले पनि छन । बजारमा चना, चुरा र भुजाको नाष्ता पहिले स्वदिष्ट र पोशीलो हुनेगरेका थिए । चनामा मसालाको स्वाद र पकाउने तरिका गाउँले भएकोले अझै पनि स्वदिष्ट हुन्थे । झन त्यो बेला तराइको गाउँबाट आएका राजवंशी र थारु जातिहरुले अझै स्वादिष्ट बनाउथे अहिले सबैले सो नाष्ता बनाउदा खासै स्वादिष्ट नभएको नाष्ता आज तपाईँ खानु हुन्छ र आज समेत पनि खानु हुन्छ होला । यसो भनिरहदा सबैले बनाउने बितिकै सो नाष्ता स्वदिष्ट हुने र नहुने कुरा हुदैनन् नै । कति ठाउँमा अहिले पनि अरु समुदायले बनाएको चना, चुरा र भुजाको नाष्ता स्वादिष्ट भेटिन्छन् पनि । तराईका आदिवासी समुदायले यस नाष्तालाई अझै स्वादिष्ट बनाउने गरेको हुन्छन् । सो नाष्ता पहिले स्वदिष्ट र पोशीलो थिए भन्ने अहिले बजारहरुमा यस नाष्ताको नाम खराब भएको देखिन्छन् ।
यसो विचार लेखि राख्दा अरु समुदायले चना, चुरा र भुजा नाष्ता तयार गर्दा स्वादिष्ट हुदैन भन्ने पनि होइन तर हाल अहिले हुन्छ अथवा पछि हुन्छ बजार गएर सो नाष्ताको स्वाद फेरी पुन्न चेक गर्नुहुन अनुरोध छ । सायद तपाईँलाई यस कुरालाई महशुस गर्नुहुन्छन् । कहिँकतै मात्रै यस्को स्वाद अहिलेसम्म कायम गरि राखेको छ भन्ने प्राय सबै ठाउँमा यस्को स्वाद बिगारेको छ ।
स्कुल, कलेज तथा कार्यालयको अगार्डी नाष्ताको नाममा बढि मम, चाउमीन, थुप्पा जस्ता विदेशी खानेकुरा खाने संस्कारले चना चुराको बिक्रीवितरण घट्दै गएको देखिन्छन् । अहिलेको वर्तमान अवस्था हेर्दा सबै भन्दा बढी बिक्री हुने नाष्तामा मम र चाउमीन रहेको छ । र स—साना बालबालीकाहरुले पनि मम र चाउमीन खाने गरेको एक सहिद मैदानका चिया नाष्ता व्यापारीले बताएका छन् भन्ने सबै बच्चाहरुले अहिले चना, चुरा भन्दबढी चाउमीन र मम खानेगरेको छ ।
म, हामी र तपाईँको घरमा पनि बालबच्चाहरु छन् सायद यो तपाईँ आफैँ पनि बुझन सक्नुहुन्छन् होला । सायद अहिलेका बच्चाहरुलाई चना, चुरा र भुजाको नाष्ता बजारमा पाइन्छन् भन्ने कुरा समेत थाहा नहोला । यो नाष्ता नै बजारमा नखाएको भन्न त पकै सकिन्न तर यो नाष्ता बजारमा यसरी बिक्री गर्दो रहेछ भन्ने थाहा नहुनसक्छन् होला ।
झापा, मोरङ्ग र सुनसरी जील्लाका राजवंशी समुदाहरुले चना, भुजा र चुरालाई विवाह, पार्टि र दैनिकी खानेकुराको रुपमा लिइनेगरेको छ । तपाईँहरु र अरु समुदायलाई पनि थाहा हुनसक्छन् यदि राजवंशी जातिको विवाह, पार्टि र कुनै औपचारीक तथा अनौपचारिक कार्यक्रममा जानु भएको छ भन्ने यस खानालाई पेटभरी खुवाउने गरेको हुन्छन् ।