

विराटनगर / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १ नं. (कोशी) प्रदेश समितिले विराटनगरकाे स्वागतम हाेटेलमा पत्रकार सम्मेलन मार्फत प्रदेश परिषदकाे प्रथम बैठकले गरेका महत्वपुर्ण निर्णयहरु प्रेस विज्ञप्ती जारी गरिएको छ ।
१) केन्द्रीय समितिले तय गरेको ‘जनतासँग माओवादी, तराई-मधेश जनजनगरण अभियान’ भब्यताका साथ संचालन गर्ने । झापाको कचनकबलबाट सुरु भई हुलाकी राजमार्ग हुँदै कंचनपुरमा समापन गरिने अभियान अन्तर्गत यस प्रदेशमा निम्न कार्यक्रम तय गरिएको छ :
क) २०८१ फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीमा अभियान उद्घाटन हुनेछ । उद्घाटन कार्यक्रममा पार्टीका अध्यक्ष प्रचण्डसहित पदाधिकारी टिम सहभागी हुनेछ। बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने ।
ख) २०८१ फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने ।
ग) २०८१ फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने ।
घ) अभियानको क्रममा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव र उपमहासचिवहरुसहितको केन्द्रिय टोली सबै कार्यक्रममा सहभागी हुनेछ ।
२) केन्द्रीय टोलीको साथमा अभियान संचालन हुनेछ । केन्द्रीय टोलीको विदाईपछि फागुन महिनाभरी हुलाकी राजमार्ग केन्द्रीत प्रदेशस्तरीय अभियान संचालनमा रहनेछ । अभियान अवधिमा कम्तीमा ५ हजार अन्य पार्टीका नेता तथा कार्यकता र सामाजिक ब्यक्तित्वहरुलाई पार्टी प्रवेश गराउने लक्ष्य रहेको छ। अभियानमा ०६४ मा माओवादीलाई मतदान गर्ने जनतासँग भेटघाट, स्वागत र पुनःर्मिलन गराउने ।
३) अभियानको क्रममा तराई चुरे जनसाङ्गितिक अभियान ‘समाजवादी संस्कृति र चेतना जागरणको लागि तराई चुरे अभियान’ समेत संचालन गरिनेछ ।
४) हिमाली र पहाडी जिल्लाहरुवाट बसाई सराइ वा अन्य कामको शिलसिलामा झापा, मोरङ, सुनसरी, उदयपुरमा रहेका पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरुलाई संगठित गरी सम्पर्क मंच निर्माण गर्ने ।
५) किसानहरु समस्याहरुलाई समाधान गर्न र सहजीकरण गर्न पार्टीको केन्द्रीय सदस्य र प्रदेशको नेतृत्व र जनप्रतिनिधिहरुमार्फत कृषि मल, बिउ, प्रबिधि, सिंचाइ, कृषि उपजको बजारीकरण र प्रशोधनलगायत समस्याको समाधान गर्न सहजीकरण गर्ने ।
६) भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, कर छली, तस्करी र अनियमितताविरुद्ध निगरानी र भण्डाफोर अभियान चलाउने ।
७) बैठकबाट १२ बुदे समसामयिक प्रस्ताव पारित गरिएको छ ।