

विराटनगर / घर नजिकै पोखरीमा डुबेर बल्लबल्ल बाँचेका राष्ट्रिय क्रिकेटर ललित नारायण राजवंशी अहिले देश र विराटनगरका एक गहनाका रुपमा चिन्न थालेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १४ का स्थानिय वासी ललित नारायण राजवंशी न्यून वर्गीय परिवारवाट खेलमा क्रितिमान हाशिल गरिएको छ । एक साधारण परिवारबाट जन्मीएका ललित गाउँ घरको टुर्नामेच खेल्दै आएका एक महफशल खेलाडि हुदै अहिले राष्ट्रिय खेलाडि बन्न पुगे ।
नेपालको पहिलो संस्करणको नेपाल प्रिमियर लिग कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको थियो । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भइरहदा विराटनगरका अधिकाँश खेलप्रेमी तथा विराटनगरवासि ललित नारायण राजवंशी विराटनगर किंग्सको तर्फवाट खेल्ने कुरामा पक्का थिए ।
नेपाल प्रिमियर लिग सुुुुुुुुुुुुुुुुुुुुुुुरु हुदै गर्दा उत्त प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै गर्दा विराटनगरका खेलप्रेमि र स्थानियवासी ढुक्क थिए विराटनगर किंग्स बाट राष्ट्रिय क्रिकेटर खेलाडि ललित नारायण राजवंशी सोचेका थिए । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका वडा नम्बर १४ का खेलाडी ललित राजवंशीलाई विराटनगरले टिममा नलिदा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट सो विषयमा धेरैले असन्तुष्ट व्यत्त गरेका थिए ।
पहिलो संस्करणको पहिलो खेलमा जनकपुर बोल्टस विजयी हाशिल गरेपश्च्यात अधिकाँश विराटनगरवासि र खेलप्रेमी सबै जनकपुर बोल्टसका सर्मथक बन्न पुगे । ललितलाई विराटनगर किंग्सले ललितलाई टिममा लिन नपाउनुमा उसको भाग्य र दोस होइन । लक्की ड्रमार्फत ललित जनकपुर बोल्ट्समा आवद्ध हुन पुगेका थिए । पहिलो खेलमा जनकपुर बोल्ट जितेपछि एकोहोरो विराटनगरले ललितलाई नपत्याएको भन्दै सामाजिक सञ्जाल तथा सामाचारमा टिकाटिपनी भइनै रह्यो ।
नेपाल प्रिमियर लिग पहिलो प्रतियोगिता चल्दै गर्दा स्थिति उल्टो भइयो । आफनो स्थानिय टिम विराटनगर किंग्सको टिमलाई सर्पोट गर्नुपर्ने तर विराटनगरका अधिकाँश खेलप्रेमी र केही चर्चित नेताहरु समेत जनकपुर बोल्टसको सर्मथक बन्न पुगे । र कोशी प्रदेशका नेता र व्यापारीहरु विराटनगरको पक्षमा प्रस्तुत हुँदा पनि प्रतियोगिता भइरहदा खेलप्रेमी र स्थानिय जनकपुर बोल्टसको सर्पोट गर्न तिर लागे ।
यसरीनै विराटनगर टिमसँग सुरुमा बेखुस बन्ने मध्येकै एक ललितकै छिमेकी जनता समाजवादि पार्टिका प्रदेश पूर्वमन्त्री जयराम यादव भए ।
ललितका बुबा जयनारायण राजवंशी पुर्वमन्त्री जयराम यादवका साथि समेत रहनुभएका यादवले विराटनगर किंग्सले ललितलाई नलिएको, लिनै नचाहेको भन्ने सुनेपछि मैले त टिमका लगानीकर्ताहरुलाई फोन गरेरै यसबारे गुनासो गरेका थिए । तर, लक्की ड्रमार्फत जनकपुर टिममा पुगेको थाहा पाएपछि चाहिँ मेरो मन शान्त भएको थियो । ’ उहाँले बताए ।
ललितको यो सफलताको साक्षी बन्न उनका बुबा जयनारायण राजवंशी शनिबार त्रिवि मैदानमा उपस्थित थिए । खेलअघि सञ्चारकर्मीसँग कुरा गर्दै जयनारायण राजवंशीले ‘ ललितले कार जितेको हेर्ने चाहना भएको ’ उहाँले बताएका थिए ।
ललितका बुबा चाहना पुरा नभएपनि नेपालकै क्र्रितिमान खेलाडि बन्न पुगेका उनका बुबा सो मैदानमा धेरै खुशि भएको सञ्चार माध्यममा देख्न सकिन्छन् । उनको यो कामना त पूरा भएन । तर सुदूरपश्चिम रोयल्सका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले सर्वोत्कृष्ट खेलाडीको उपाधि जित्दै कार हात पार्दा सर्वोत्कृष्ट बलर घोषित हुँदै ललितले मोटरसाइकल र पाँच लाख रुपैयाँ हात पारे छन् ।
छोराको यो उपलब्धिले बुबा जयनारायण राजवंशी र आमा शुभकुमारी देवि राजवंशी अत्यधिक खुशि भएका छन् । तीन छोरामध्येका कान्छा छोरा ललितले एनपिएलको पहिलो संस्करणमा बलमार्फत देखाएको प्रदर्शनले सिङ्गो परिवार र समाज अत्यधिक हर्षित बनेको छ ।
एनपिएलमा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बनेका ललित प्रतियोगिताको सबेभन्दा धेरै विकेट लिने सूचीमा परे । सुदूरपश्चिमका स्कट कुगेलेइनसँगै शीर्ष स्थानमै रहे
उनीहरु दुवैले समान १७ विकेट लिएका थिए ।
प्रतियोगितामा जम्मा १० खेल खेलेका ललितले सबै खेलमा गरी कूल ४० ओभर बलिङ गरेर १७ विकेट हात पारे । उनले आफ्नो पूरै ओभर बलिङ गर्दै १७ विकेट हात पारेका हुन् । सोहिक्रममा ५ ओभर मेडन राखेका उनले २१३ रन खर्चिएका थिए ।
विराटनगरका ललित नारायण राजवंंशीले आफूले खेलेका १० मध्ये एउटा खेल बाहेक सबै खेलमा विकेट लिएका थिए । उनीसँगै समान १७ विकेट लिएका स्कट कुगेलेइनले ९ खेलमा २८ं.५ ओभर बलिङ गर्दै २१० रन खर्चिँएर १७ विकेट लिएका थिए भन्ने । त्यसक्रममा उनको उच्च प्रदर्शन १८ रन खर्चेर ५ विकेट लिनु थियो ।
एनपिएलको पहिलो खेलमा विराटनगर विरूद्ध तीन विकेट लिएका उनले कर्णालीविरूद्ध एक विकेट, पोखराविरूद्ध तीन विकेट र लुम्बिनीविरूद्ध एक विकेट लिएका थिए ।
सुदूरपश्चिमविरूद्ध लिग चरणको खेलमा विकेट विहीन बनेका ललितले फाइनलमा भने ४१ रन बनाएर क्रिजमा जमिसकेका आक्रामक ब्याटर विनोद भण्डारीलाई बोल्ड गरेका थिए । काठमाडौंविरुद्ध ३ विकेट लिएका उनले चितवनविरूद्धको खेलमा ११ रन खर्चिएर दुई विकेट लिएका थिए । पहिलो क्वालिफायरमा सुदूरपश्चिमको एक विकेट ललितको नाममा रह्यो । गएको बिहीबार कर्णालीवरूद्धको खेलमा ललितले दुई विकेट लिएका थिए । एनपिएलको पहिलो संस्करणमा ललितले बलिङ मार्फत देखाएको कौशलले विराटनगरका क्रिकेटप्रेमीलाई हर्षित तुल्याएको थियो ।
विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडा सदस्य कुशेस्वर राजवंशी ललीतका घर पुगी दोसला र माला लगाई राजवंशी समाजको नाम उच्च स्थानमा पुरयाउनु भएको भन्दै बधाई तथा शुभकामना दिएका छन ।