मनिषा राजबंशी सौंदर्यताको ताज पहिरिन्

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित सोमबार, पुष ०८, २०८१

झापा / झापा जील्लाको बाह्रदशी गाउँपालिका वडा नम्बर ६ कि मनिषा राजबंशी सौंदर्यता क्षेत्रमा सानै उमेर देखि रुचि राखिएकी एक झापाली राजवंशी छोरी हुन । कला, संस्कृति र आफनो भाषा संस्कारलाई माया गर्ने एक झापाकी उदयमान छोरी हुन । घरपरिवारले पनि छोरीको सौंदर्यता प्रति अत्याधिक रुचिलाई साथ दिँदै आएका थिए ।अहिले आफ्नो रुचिको क्षेत्रमा मनिषाले सफलता हासिल गरेपछी घरपरिवार तथा समाजमै खुसियाली छाएको छ । राजवंशी समाजले पनि भेरुवाथानमा भएको रासविसको स्थापना दिवसमा सयौँको उपस्थितिमा भब्यताको साथ समाजले नगदसहित बधाई तथा शुभकामना साथ सम्मान गरेका थिए । मनिषाले अस्ति भरखरै भएको थाइल्यान्डमा ’हेरिटेज पेटाइट मिस युनिभर्स २०२४’ मा विभिन्न देशबाट सहभागी प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्टको ताज पहिरिन सफल बनेकी मनिषा एक असल र सरल स्वभाव भएको व्यत्तित्व छीन ।

प्रेस क्लब मेचीनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ताज पहिरिन सफल भएकी मनिषाले आफ्नो साहास र योग्यताका कारण प्रतियोगिताबाट उत्कृष्ट बनेको बताइन् । मनिषाले आफ्नो अनुभव सुनाउँदै उनले आफ्नो समुदायबाट विश्वमा नाम राख्न सफल हुँदा गौरव महसुस भएको बताइन् । बिजनेश सोसोलोजीमा अध्ययनरत मनिषाले केही समय पत्रकारिता पनि गरेकी थिइन् । झापा जील्लाको मेचीनगरबाट प्रकाशित लोकप्रिय लोकतन्त्र दैनिक पत्रिकाको समाचारदाताको रुपमा ६ महिनासम्म निरन्तर काम गरेकी थिइन् ।

नेपालमा तिन तहको सरकार भएपनि खासै चासो नदिएको मनिषाले बताइन् । राजवंशी आफ्नो समुदायबाट उत्कृष्ट बनेर आएपनी नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा संघ–संस्थाले खासै चासो नदिएको मनिषाको दुखेसो सुनाएका थिए । परिवारकी जेठो सन्तानको रुपमा रहेकी मनिषाको मोडलिङ र बौद्धिक क्षमता प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जित्ने राजबंशी समुदायको पहिलो प्रतिभाशाली व्यक्ति बनेपछि गौरव लागेको उनकी आमा उर्मिलाले बताइन् ।
मनिषाकी आमा भन्छिन् छोरीको मेहनतलाई मैले नै साथ दिएर ताज पहिरिन सफलतामा पुगेको हो, राजबंशी समुदाय र महिलाको प्रतिनिधित्व गरेर छोरीले दिएको प्रस्तुतिपछिको सफलताबाट औँधी खुसी छाएको छ । झापाले–पहिले यस्तो चलन थिएन, उनले भनिन्,’तर, अहिले विश्वभरीका महिलाको शौदर्यसहित क्षमतालाई छनोटमा परिवारकै मेहनत र हात भएको बताइन् । पत्रकार भेटमा सहभागी मनिषाकी हजुरआमा बिनु राजबंशीले पनि नातिनीको सफलतामा परिवार र सिङ्गो समुदायमै खुसी छाएको बताइन् ।

काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिको आयोजना तथा प्रेस क्लब मेचीनगरको समन्वयमा आयोजित भेटघाट डम्बर बरालको अध्यक्षता र संचालन अग्रज पत्रकार अम्बिका भण्डारीले गरेकी थिइन् ।

प्रेस क्लब मेचीनगरमा सोमबार आयोजित पत्रकार भेटमा ताज पहिरिन सफलता मनिषाले आफ्नो सहास र योग्यताका कारण प्रतियोगिताबाट उत्कृष्ट बनेको बताइन् । आफ्नो अनुभुती सुनाउँदै उनले आफ्नो समुदायबाट विश्वमा नाम राख्न सफल हुँदा गौरव महसुस भएको बताइन् ।बिजनेश सोसोलोजीमा अध्ययनरत मनिषाले केही समय पत्रकारिता पनि गरेकी थिइन् । झापाको मेचीनगरबाट प्रकाशित लोकप्रिय लोकतन्त्र दैनिक पत्रिकाको समाचारदाताको रुपमा ६महिनासम्म काम गरेकी थिइन् ।

आफ्नो समुदायबाट उत्कृष्ट बनेर आएपनी नेपाल सरकार, स्थानीय तह तथा संघ–संस्थाले खासै चासो नदिएको मनिषाको भनाई थियो । सामान्य रुपमा फोनबाट बधाई र कार्यक्रममा बोलाएर प्रदेश सरकारले सान्त्वना दिएपनी स्थानीय तहले चासो नदिएको उनको भनाई थियो ।परिवारकी जेठो सन्तानको रुपमा रहेकी मनिषाको मोडलिङ र बौद्धिक क्षमता प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जित्ने राजबंशी समुदायको पहिलो प्रतिभाशाली व्यक्ति बनेपछि गौरव लागेको उनकी आमा उर्मिलाले बताइन् ।

छोरीको मेहनतलाई मैले नै साथ दिएर ताज पहिरिन सफलतामा पुगेको हो, उर्मिलाले भनिन्,’राजबंशी समुदाय र महिलाको प्रतिनिधित्व गरेर छोरीले दिएको प्रस्तुतिपछिको सफलताबाट औँधी खुसी छाएको छ ।झपहिले–पहिले यस्तो चलन थिएन, उनले भनिन्,’तर, अहिले विश्वभरीका महिलाको शौदर्यसहित क्षमतालाई छनोटमा परिवारकै मेहनत र हात छ ।झ पत्रकार भेटमा सहभागी मनिषाकी हजुरआमा बिनु राजबंशीले पनि नातिनीको सफलतामा परिवार र सिङ्गो समुदायमै खुसी छाएको बताइन् ।

काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिको आयोजना तथा प्रेस क्लब मेचीनगरको समन्वयमा आयोजित भेटघाट डम्बर बरालको अध्यक्षता र संचालन अग्रज पत्रकार अम्बिका भण्डारीले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]