सुनवर्षी / सुनवर्षी नगरपालिका–९ भेडवा चोकमा बिहीबार चलिरहेको बसबाट हाम फाल्दा सुनवर्षी–५ का जयप्रकाश दास गम्भीर घाइते भएका थिए। घटनापश्चात उनलाई तत्कालै रंगेली अस्पताल लगिएको थियो। अवस्था जटिल भएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको थियो।
नोबेल अस्पतालमा उपचारकै क्रममा हिजो आइतबार राति १०:४० बजे दासको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। बसबाट हाम फाल्नुको कारणबारे विस्तृत विवरण भने आउन बाँकी छ।प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको बताएको छ।