प्रथम झापा कप फुटबल: आर्मीको विजयी सुरुवात

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर २९, २०८१

विराटनगर / झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले प्रभावशाली प्रदर्शन गर्दै मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गरेको छ।

आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकर जिलेस्पीजंग कार्कीले खेलको २५औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। सिंगल खेल प्रदर्शन गर्दै कार्कीले मोरङका डिफेन्डरलाई छलेर गरेको प्रहार गोलमा परिणत भएको थियो। खेलको ८२औँ मिनेटमा वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासलाई सदुपयोग गर्दै दोस्रो गोल थपे। खेलको अन्तिम समयमा निरज चौधरीले गोल गर्दै आर्मीको जित सुनिश्चित गरे।

मोरङका डिफेन्डरहरूको कमजोरीका कारण तीनवटा गोल भए पनि टोलीले प्रतिरक्षात्मक खेल देखाउन सकेन। खेलको ४७औँ मिनेटमा अनमार्क रहेका दिपेश आलेमगरले विपक्षी पोस्टमा पाएको अवसर गुमाउँदा मोरङ बराबरी गर्ने सम्भावना गुमायो।

खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रतियोगिताको उद्घाटन गरे। उद्घाटन समारोहमा उनले डोमालाल राजवंशी रंगशालालाई स्तरीय बनाउने प्रदेश सरकारको योजना रहेको बताए। साथै, उनले प्रदेशको स्रोतले भ्याएसम्म प्रतियोगितालाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतियोगितामा नेपालका ९ र भारतको १ गरी १० क्लबले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। फाइनल खेल पुस ८ गते हुनेछ।

आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलका अनुसार भोलि आइतबार आयोजक झापा ११ र राष्ट्रिय जागृति क्लब इटहरीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको उद्घाटन समारोहमा सांसद एलपी साँवा, नेपाली कांग्रेसका सभापति देउकुमार थेवे, जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनलगायतको उपस्थिति थियो।

झापा गोल्डकप आयोजना गर्दै आएको समूहले नै यो वर्षदेखि झापा कपको आयोजना सुरु गरेको हो। बिर्तामोडका फुटबलप्रेमीहरूको चाहनालाई मध्यनजर गर्दै प्रतियोगिता सुरु गरिएको आयोजकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]