नेपाल प्रिमियर लिग (एनपीएल): काठमाण्डूसँग लुम्बिनी १८ रनले पराजित

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर २६, २०८१

विराटनगर / नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा काठमाण्डू गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ। यस हारसँगै लुम्बिनी प्लेअफ होडबाट बाहिरिएको छ।

काठमाण्डूले दिएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अलआउट भयो। लुम्बिनीका लागि सन्दीप जोराले २९ बलमा २ चौकासहित सर्वाधिक २६ रन बनाए। उन्मुक्त चन्दले १४ रन र सूर्य तामाङले अविजित ११ रन जोडे। अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।

काठमाण्डूका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए। दीपेश कँडेलले ४ ओभरमा मात्र ६ रन दिएर ३ विकेट लिए। जेरार्ड एरासमसले २ र रासिद खानले १ विकेट लिए। शाहब आलमले विकेट नलिए पनि ४ ओभरमा मात्र १० रन खर्चिए।

यसअघि, कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डूले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो। काठमाण्डूका लागि भीम शार्कीले ३१, डान डौथवेटले २१, प्रतीक श्रेष्ठले २०, र स्टेफेन इस्किनाजीले १३ रन जोडे।

लुम्बिनीका बलर साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। रामोन सिमोण्ड्स र अभिषेक गौतमले २–२ विकेट लिए। सूर्य तामाङ र विवेक यादवले १–१ विकेट झारे।

आजकै अर्को खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गर्‍यो। १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १२ ओभर १ बलमा ५१ रनमै समेटियो।

जनकपुरका लागि जोशुआ ट्रोम्पले सबैभन्दा धेरै १३ रन बनाए। अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका हरमीत सिंह, दीपेन्द्रसिंह ऐरी, र ईशान पाण्डेले समान २-२ विकेट लिए।

एनपीएलमा यो सिजनको सबैभन्दा कम स्कोर पनि यही खेलमा जनकपुरले बनाएको छ। यसअघि, चितवन राइनोजसँगको खेलमा पोखरा एभेन्जर्स ७४ रनमै समेटिएको थियो।

लुम्बिनी ६ खेलमध्ये १ मात्र खेल जितेर प्लेअफ होडबाट बाहिरिएको छ। काठमाण्डूले भने ४ खेलमा २ जित निकाल्दै ४ अंकसहित प्लेअफ सम्भावना जीवित राखेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]