विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन उदीयमान खेलाडी छनोट गर्‍यो

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

विराटनगर/ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सले आफ्नो ट्यालेन्ट हन्ट कार्यक्रममार्फत तीन उदीयमान खेलाडीको छनोट गरेको छ। कोशी प्रदेशका पाँच जिल्लामा आयोजित छनोट प्रतियोगिताबाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलिया उत्कृष्ट तीन खेलाडीका रूपमा चयन भएका हुन्।

यी तीन खेलाडीमध्ये एक जनाले अन्तिम छनोटमा विराटनगर किंग्सको प्रतिनिधित्व गर्दै एनपीएलमा खेल्ने अवसर प्राप्त गर्नेछन्। ट्यालेन्ट हन्ट कार्यक्रम इलाम, झापा, सुनसरी, उदयपुर र मोरङ जिल्लामा सञ्चालन गरिएको थियो।

विराटनगर किंग्सको मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओब्राइन रहेका छन्। यसैगरी, राष्ट्रिय टोलीका नियमित सदस्य सन्दीप लामिछाने टोलीका मार्की खेलाडी हुन्।

मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने एनपीएलमा आठ फ्रेन्चाइज टोली सहभागी हुनेछन्। लिगमा विराटनगर किंग्ससँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन्।

विराटनगर किंग्सले प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।

विराटनगर किंग्सको खेलाडी सूचीमा सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम रहेका छन्।

विराटनगर किंग्सले ट्यालेन्ट हन्टमार्फत युवा प्रतिभाहरूलाई अवसर प्रदान गर्दै नेपाली क्रिकेटको विकासमा योगदान दिने लक्ष्यलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]