भविष्यमा पालिका अध्यक्ष भएँ भन्ने मात्र

Logo
संजय कुमार राजवंशी / विराटनगर प्रकाशित आइतबार, कार्तिक ०४, २०८१

म पालिका प्रमुख भए निर्वाचनमा विजय भए पश्च्यात सपथ ग्रहण गरेको केहि मात्रै समयपछि तुरुन्त गर्नुपर्ने कामहरु के के गर्थे होला । सबैभन्दा पहिला स्थानीय सरकार सञ्चालन ऐन पालिका स्तरीय जनताको लागि प्रत्यक्ष फाइदा हुनेगरि पलिका स्तरिय ऐन, कानुन बनाउथे । त्यस्पछि नि ः शुल्क शिक्षा, स्वास्थ्य तथा रोजगारि लगायत जनताको गास, वास र कपासका समस्याहरु तुरुन्त द्ुखपिडा आत्मसाथ गरि तथा उत्त समस्या समबन्धि जानकार संग सहकार्य गरि समाधानको बाटो खोजी समाधान गर्थे । र रोजगारिका नयाँ नयाँ प्राविधिका योजना तथा कार्यविधि ल्याउने, पालिका क्षेत्रको विकासमा निरन्तर उत्शाहका साथमा काम गर्ने लगायत तुरुन्त गर्नुपर्ने यस्ता कामहरु छिटोभन्दा छिटो काम अगार्डि बढाउथे ।

सरकारी कर्मचारीहरुको छोराछोरि अनिवार्य सामुदायीक विद्मालय तथा सार्वजनिक स्कुलमा पढ्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन बनाउथे, पालिका स्तरीय पार्टिगत सर्वदलिय छलफल गर्थे, यूवा पुस्तासंग विचार तथा गोष्टी कार्यक्रम गर्थे, शीक्षा ऐनमा एस ई ई मा प्रतिफल राम्रो नभए तुरुन्त प्र अ परिवर्तन तथा कानुन अनुसार कार्वाही गर्थे । र प्राविधिक शिक्षामा सक्दो राम्रो काम गर्थे ।

शैक्षिक क्षेत्रमा के कस्ता समस्याहरु छन् तुरुन्त समाधान गर्ने । प्राविधिक शिक्षा तुरुन्त लागु गरि सञ्चालन गर्ने । जनताको समस्या अवलोकन गरि प्राकृतिक रुपले संधैभरि समस्या मुक्त गर्ने योजना तथा कार्यविधि ल्याउने कामहरु गर्थे ।

तर यहाँ देशभरका अधिकाँश अध्यक्ष तथा पालिका प्रमुखहरु रिवन काटन, माला लगाउन र मञ्चमा हुनेनहुने सबै प्रकारका वाचा र आशवासन भाषण दिन व्यस्त भएका छन् ।
जनता रोजगारी पाएको छैन मञ्मा शुखा भाषण दिदै बसेका हुन्छन् । जनता आफनै क्षेत्र र आफनै देशमा काम गर्न मन लागछ नकी विदेश तर बाध्यताको कारणले विदेश जानुपरेका हुन्छ ।

पालिकामा करोडौँ बजेट खर्च हुन्छन्, त्यस बजेट पालिका भित्रै रहनेगरि कार्यविधि तथा नयाँ योजना बनाई पालिका भित्रैको जनता संग सहकार्य गरि काम गरियौँ भने पालिकाको आमदानी हुनुका साथै जनताको आय स्तरमा सुधार पकै आउनेछन् ।

मानौँ एक स्थानिय तहमा जनता करिब ५० हजार छन् । र एक आर्थिक वर्षमा ८० करोड बजेट खर्च स्थानी स्तरकै जनतासंग सहकार्य गरि खर्च गरियो भन्ने पालिकाकै जनतासंग पैशा रहन्छन् र जनताको आय स्तरमा सुधार पकै हुनेथियो । अहिले प्रत्येक पालिकामा करोडौँ बजेट खर्च हुन्छ तर स्थानीय जनताको आमदानी खासै नबढेको देखिन्छन् । यसको अर्थ हामी यस विषयमा प्रष्ट हुन जरुरी छन् कि भ्रष्टाचार भएकै हो भने सिधा र प्रष्ट बुझिन्छन् । सरकारको सबै कर्मचारीहरुको सम्पत्ति सुधिकरण गरियौँ भन्ने प्राय अधिकाँश सबै भ्रष्ट भएको प्रमाण अवश्य भेटन सकिन्छ होला यदि म गलत छैन भन्ने । तर यसो विचार लेखिरहदा सबै सरकारका कर्मचारी भ्रष्ट छन भन्ने पनि होइन यस देशमा इमान्दार र सफा र जवाफदेही कर्मचारीहरु पनि छन् ।

कुनैपनि पालिकाको बजेटको अन्तिम लक्ष्य जनताको विकास र जनताको सुखमात्रै हुनसक्छ । जनताको पालिकाले जनतालाई सहि मार्गदर्शन गरेपछि जनता कहिल्यै दुख नपाउने हुन्छ किनभने जनताको हरेक कुरा अथवा विषय वस्तुहरु तिन तहकै सरकारले के निर्णय लिन्छ भन्ने कुरामा टिकेको हुन्छन् । गलत निर्णय लिदा जनताको विकास र प्रगतिमा समस्या बाहेक अरु केहि पनि हुदैन । एउट देशको नेतृत्व कर्ताले देशको मुहार र देशको समस्या समाधान उस्को निर्णयमा भरपर्ने विषय वस्तु हो । र हुन्छन् पनि ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]