कोशी भिजन फिल्मस प्राली द्वारा देवान सम्मानित

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित शनिबार, आषाढ २२, २०८१

विराटनगर । सुनसरी ईटहरीमा रहेको कोशी भिजन फिल्मस प्रालीले चलचित्र पत्रकार संघ नेपाल मोरङका अध्यक्ष तथा नेपाल आदीवासी जनजाती पत्रकार महासंघ नगर समन्वय परिषद विराटनगरका सचिव प्रेम देवानलाई सम्मान गरेको छ ।

कोशी फिल्मस प्रालीद्धारा निर्माण गरिएको तामाङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘चारदाम’ को प्रिमियर शोको अवसरमा कला र मनोरन्जन क्षेत्रमा लामो समयदेखी कलम चलाउदै आएका पत्रकार प्रेम देवानलाई सम्मान गरेको हो ।

नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरको समन्वयमा आज शनिबार विराटनगको सिटी सिनेमा हलमा चलचित्र ‘चारदाम’को प्रिमियर शो गरिएको थियो ।

प्रिमियर शोमा अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई समेत सम्मान र कदर पत्र सहित सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा कृष्ण भुषणवल प्रतिष्ठानका संरक्षक शोभा लामा वल, नेपाल तामाङ घेदुङ कोशी प्रदेश सदस्य गोवीन्द तामाङ, नेपाल तामाङ घेदुङ महानगर अध्यक्ष विष्णु कुमारी तामाङ, सस्थापक अध्यक्ष कृष्ण मोक्तान , सल्लाहकार दाव बा. घिसिङ महानगर सचिव विजय तामाङ, कोषाध्यक्ष राम कुमार योञ्जनलाई पनि कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

तामाङ समुदायको लोप हुन लागेको भाषा, भेष भुषा, कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उदेस्यले तामाङ संस्कृृतिमा आधारित नेपाली चलचित्र ‘चारदाम’ विराटनगरमा प्रिमियर शो गरेको छ । सिटी सिनेमाको दुईवटै हल बुक गरेर विराटनगरमा रहेका विभिन्न जातिय संस्थाका अगुवा तथा पदाधिकारीलाई बोलार प्रिमियर शो गरेको थियो । फिल्म हेरी सकेका अधिकासले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए ।

‘चारदाम’मा सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ, शान्ति पाख्रिन तामाङ, पूर्ण लिम्बू, बालकलाकार सुम्निमा योन्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राई लगायत कलाकारको अभिनय रहेको छ ।

मोहन लोप्चन तामाङको प्रस्तुतिमा तयार भएको फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पूर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले संयुक्त निर्माण गरेका हुन् । फिल्मको छायांकन पुर्वका भोजपुर , सुनसरीको सप्तकोशी नदि, पुर्वी मोरङ लेटाङ लगायतका विभिन्न रमणिय स्थलहरुमा छायाङकन गरिएका दृष्य फिल्म देख्न सकिन्छ ।

यो फिल्मले हालै विराटनगरमा सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल’मा ‘बेस्ट सर्ट फिल्म’को अवार्ड हात पारेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]