

नेपाल सरकारले सार्बजनिक, सामुदायिक तथा प्राइभेट विद्मालयका विद्मार्थिहरुलाई व्यबहारिक शिक्षा उपलबध गराउन जरुरी छ । पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले पाठ्यक्रम विशेषज्ञहरुसँग सफा र सुध मनले छलफल गरी नयाँ पाठ्यक्रम बनाउनुपर्ने नेपालको अवस्था र तत्कालिन व्यवस्थाले देखाउछन् । शिक्षाले विद्मार्थिलाई के ज्ञान दिइरहेको छ र व्यबहारमा के गर्नुपर्दैछ । यस विषयमा वृहत छलफल तथा अनुसन्धान गर्न एकदमै जरुरी छ ।
अहिलेको नेपालको आर्थिक आवस्था भयाबह भएबह र सुद्रिड गनर््ुपर्ने देखिए पनि समाज सुधार गर्नलाई शिक्षा नै चाहिन्छन् । र व्यबहारि सफा ज्ञान एकदमै जरुरि देखिन्छन् । १ कक्षा देखि १० कक्षा र १२ कक्षासम्म निरन्तर व्यबहारिक जीवनमा भएको दैनिकी समस्या संग जुदन सकिने शिक्षा चाहिन्छन् । तर तत्कालिन अवस्थामा हेरियो भने सुगा रटान बाहेक केहि देखिदैनन् । यसकै फल स्वरुप आज देशको उत्पादन तथा बेरोजगारीको सृजना भएको देखिन्छन् ।
उधाहरणका लागि
१ कक्षा देखि १२ कक्षा र स्नात्तकउत्तर सम्म अध्यण गर्नु अनि नेपालमा बसेर रोजगार न पाउनु र अन्तमा विदेश जान बाध्य हुनु उस्ता उस्तै हो । तर हुन त शिक्षाले मात्रै त हुदैन नेपाल सरकार पनि सक्षम र देशको जनताको लागि राम्रो रोजगार तथा भ्रष्टचार संग समबन्धित विषय वस्तुमा सरकार सक्षम हुन जरुरि छन् ।
व्यबाहारिक विषय वस्तु जटिल अथवा समग्र देशको लागि समस्या पुर्ण हुनसक्छ होला सायद । तर अहिलेको समय र माग अनुसार यो व्यबाहारि पाठ्यक्रम तथा शिक्षा निति जरुरी देखिन्छन् । र यसका कार्यान्वयनका बहुपक्षीय र चुनौतीपूर्ण होलान्, तर यो विषय अब उठान गर्नैपर्ने हुन्छ । हाल यो विषय यथास्थितिमा असम्भव लाग्ने यो शैक्षिक नितिमा एकदिन नेपाल नलागी हुँदैन । त्यसैले शिक्षाले नेपालको विद्यालय पाठ्यक्रम र शिक्षणलाई विश्वस्तरीय बनाउनुनै पर्छ ।
शिक्षा कुनै देशको हुदैन, शिक्षा स्वदेशी र विदेशी हुदैनन् । नेपालको अवस्था र व्यवस्था अनुरुप शिक्षा र शिक्षा प्रणलि हुन जरुरि छ । नेपालकोे नेपाली जनताको आव्शयत्ता र नेपाल देशलाई राम्रो होस भनी शिक्षा निति र पाठ्यक्रम परिवर्तन हुनुपर्छ नकि विदेशको शिक्षा र विदेशी निति जरुरी छन् ।
शिक्षा नेपाली जनतालाई दैनिकि जीवन संग जोडनुपर्ने व्यवस्थाको शिक्षा ह्ुनुपर्छ । चिन्तन, वृत्तिविकास, सिकाइका प्रक्रिया, विषयवस्तुको ज्ञान वा चरित्र निर्माणका तथ्यहरू सबै मानवजातिलाई बराबरी समान रूपमा लागू हुनुपर्छ । करोडपत्तिको छोरा, छोरि र साधारण जनताको छोरा, छोरि एउटै शिक्षा प्रनालि हुनुपर्छ । समान शिक्षा निति, समान पाठ्यक्रम र समान सार्बजनिक स्कुल, प्राइभेट विद्मालय र विश्वविद्मालयको गुण्स्तर एउटै हुन जरुरि छन् ।
शैक्षिक विषय वस्तु भनेको । कुनै देश विशेषको संस्कृति र पहिचान, सम्प्रदाय विशेषको धर्म, भाषा, मूल्य र मान्यताले शिक्षाको सन्दर्भलाई परिभाषित गर्दछन् । देशको भाषा र शिक्षा पद्ति र आधार आफनै देशको माटो संग जाडिएको हुनुपर्छ । कला संस्कृति, भाषा, लिपि, भेषभुषा, परम्परा र देशको मेचि देखि महाकालीसम्म जोडिएको शिक्षा निति र पाठ्यक्रम बनाउन एकदमै जरुरि छन् ।
यहाँको हालको शिक्षा नितिलाई परिमार्जित गरी स्थानीय जनता र स्थानीय परिवेशलाई समावेश गरी शिक्षा निति र पाठ्यक्रम हुनुपर्छ । गाउँले परिवेश र गाउँले संस्कार संस्कृति कला भाषा र रहन सहन अनुसार शिक्षाको पठ्यक्रम बनाउन एकदमै जरुरी देखिन्छन् ।
शिक्षाको पाठ्यक्रमको मूल्यांकन र शिक्षण प्रणलिलाई प्रमुख महत्तव दिएर हामीले पाठ्यक्रम निर्माण गर्दा शिक्षाको मुल निति मुख्य केन्द्रमा राखेर नेपालको अवस्था, व्यवस्था र अन्तर्राष्ट्रिय प्रसंगलाई पनि केहि महत्त्व दिएर विश्वस्तरीय मापदण्ड कायम गरी गर्नुपर्ने हुन्छन् । तेसैले विश्वस्तरीय पाठ्यक्रम निर्माण गर्दा उत्त कुरालाई दुई भागलाई नीतिगत रूपमा सम्बद्घ गर्न अनिवार्य हुन्छ ।
शिक्षणद्वारा पाठ्यक्रम कार्यान्वयनमा ल्याउँदा यसलाई उपयुक्त शैक्षिक विधिसँग नजोडेमा शिक्षाको गुणस्तर भयावह रूपमा खस्किन्छन् र अहिलेको अवस्थामा जान बाध्य हुन्छौँ ।