

विराटनगर / तपाईँ विवाह, सेमीनार, गोष्टि, संस्थाहरुको वार्षिक साधारण सभा, जन्मदिन जस्ता सामुहिक कार्यक्रममा सहभागि भई खाना खानुभएको छ ।
विराटनगरको ठुला होटेल तथा पार्टि प्यालेसमा म, तपाईँ, हामि जस्ता नेपाली जनता कोर्ट पेन्ट लगाएर, सभ्य र आदरणीय भएर कार्यक्रममा उपस्थित हुन्छौ र कार्यक्रम सकाएर खाना खान्छौ, आधि खाना खाएर पकै आधा खाना फालेकै हुनुपर्छ होल ।
त्यहाँको फोहोर मैइला फोहोर व्यवस्थापन गर्ने भाँडा कहिले हेर्नुभयो । हेर्नुभयो होला तर तपाईँको पढाई र योग्यताले साँचिकै किसानको मेहनतलाई समान गर्नुभयो । सोचनुस् ?
एउटा किसानले धान, गहुँ, मकै, उखु तथा तरकारी उत्पादन गर्न दिनरात गरेर काम गर्ने गरेको हुन्छन् । जमिनको भाग चिरेर जमिन बाट खानेकुरा उत्पादन किसानले गर्नुहुन्छ । उहाँहरुको मेहनत विउ उत्पादन देखि खाद, मल सिंचाइ गोडमेल जस्ता कामहरुको ठुलो मेहनत र पसिना बगाएर विभिन्न्र किसिमका उत्पादनहरु गर्छन् अनि हामी बजारमा बसेर खाने गर्छौँ । तर हामी त्यस खानाको महत्वपुर्ण संघर्ष र किसानको योगदान पढेलेखेको मान्छे सुध उत्त विषय मजाकमा लिएर हास्यासपद कुरा गर्छन् ।
हो त्यो फोहोर मलाई भाँडामा नेपाल तथा अन्य देशको माटोमा दिनरात काम गरीएको कृषि कर्म गर्ने किसानको खुन पसिनाको मेहनत हुन्छन् । म, हामि र तपाईँ जस्ता आफुलाई भलाआदमी, सभ्य, बिद्म्रवान भनिने हामी सबैले हेर्नुभयो होला त ? विचार र सोचनुपर्ने कुरा हो । तैसैले जहिल्यै पनि खाना खादा थालमा खाना खान सकने जति मात्रै लिउँ र किसानको मेहनतलाई बेवास्ता नगरौँ ।
विराटनगर महानगरपालिका एक कोशी प्रदेशको राजधानी होे । जहाँ विभिन्न जातजाती भाषा कला संस्कृति भएको नेपाली नागरिकहरुको बसोवास छन् । डाक्टर, वकिल, शिक्षक, प्रोफेसर, सरकारका मुख्य मन्त्री तथा मन्त्रीहरुको बास बस्ने एउटा विकास उन्मुख सहर हो । यहाँ देशको विकासका कार्यक्र देखि देशको आमुल परिर्वतन गर्नुपर्छ भनि धेरै आन्दोलन तथा नयाँ तेस्ता कार्यक्रमहरु जहिल्यै हुने गर्छन् र फोहोर भनिने ति सम्पुर्ण खाना खेर गइरहेको हुन्छ ।
अब यसो विचार लेखि रहदा कोई प्रश्न गर्न चाहान्छ होला । कार्यक्रमको बेला चरा चुरुङ्गी तथा बजारमा रहेको कुकरहरुले त्यस खाना खानको लागि छोडिएको भन्न सक्नुहुन्छ होला । तर यसो भनिरहदा के साचिकै तेसैले खाना फालिएकै हो त ? यो पकै हुदैन । किनभने हाम्रो साच तेसरी सोचने गरेको छैन होला ।
कतिपय स्थानमा आफुलाई सभ्य र वरिष्ट भनिने मानिसहरु नै कृषकको उत्पादनलाई समान नगरेको यस्ता कार्यक्रमहरुमा प्रष्ट रुपमा देखिन्छन् । कोर्ट पेन्ट सर्ट, चिल्लो कार बाट निस्किएको मानिस सबै राम्रो हुन्छ भनि भन्न सकिन्न् ।