नेपाल खेलकुद महासंघ नुवाकोट अध्यक्षमा श्रेष्ठ

Logo
ग्रामीण सहकर्मी / नुवाकोट प्रकाशित मंगलबार, साउन २९, २०८१

नुवाकोट / नेपाल खेलकुद महासंघ नुवाकोट जिल्ला कमिटीको अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित हुनुभएको छ । आज सम्पन्न जिल्लाको प्रथम अधिवेशन बाट अध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

३५ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा श्रीकृष्ण श्रेष्ठ र प्रवीण दिक्षित सचिवमा महेश बखती उपसचिवमा रन्जित तामाङ र सोम तामाङ र कोषाध्यक्षमा सरोज डङ्गोल निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित कमिटीलाई नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष कृष्ण ( पर्शुराम ) बस्नेतले सपथ ग्रहण गराउनु भएको महासंघ बाग्मती प्रदेश इञ्चार्ज तथा अधिवेशनका अध्यक्ष-मण्डल संयोजक प्रभुराम शिवाकोटीले जानकारी दिनु भयो ।

अधिवेशनमा बोल्दै केन्द्रीय अध्यक्ष बस्नेतले कुनै बेला राजाको दरबारमा खेलिने खेलकुद आज सम्पूर्ण नेपालीको घरदैलोमा पुगेको धारणा राख्नु भएको थियो । बस्नेतले खेलकुद महासंघ नेपालमा खेलकुद क्षेत्रको अग्रणी संस्था भएकोले महासंघले खेलाडीले खेल क्षेत्रबाटै जीवन निर्वाह गर्न सक्ने अवस्था निर्माण गर्न लाग्नु पर्ने बताउनु भयो ।

उहाँले नवनिर्वाचित कमिटीलाई महासंघको केन्द्रीय नीति ‘ एक कमिटी , एक खेल गतिविधि ‘ , ‘ एक कमिटी , एक रचनात्मक गतिविधि ‘ अनुरुप कार्य अघि बढाउन निर्देशन समेत दिनु भएको थियो ।

प्रदेश इञ्चार्ज शिवाकोटीका अनुसार अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा नुवाकोट इञ्चार्ज केशव राज पाण्डे , केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना तथा एमाले जिल्ला अध्यक्ष बद्री मैनाली लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]