खेलकुद महासंघ विराटनगर कमिटीद्वारा सप्ताहव्यापी वृक्षारोपन कार्यक्रम सुरू

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बुधबार, साउन २३, २०८१

विराटनगर / नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीले सप्ताहव्यापी वृक्षारोपन कार्यक्रम सुरू गरेको छ । आज महासंघले विराटनगर महानगरपालिका वडा नं १ बाट सप्ताहव्यापी वृक्षारोपन कार्यक्रम सुरू गरेको हो ।

महासंघ विराटनगर कमिटीका अध्यक्ष जतिन ताम्राकारले नेपाल फुलवारी वेष्ट थ्री आर पोल्युसन कन्टोर्ल सर्विस प्रा. लि. र विराटनगर महानगरपालिकासँगको सहकार्यमा महासंघले वृक्षारोपन कार्यक्रम सुरू गरेको जानकारी दिनु भएको हो ।
ताम्राकरका अनुसार पहिलो चरणको वृक्षारोपन कार्यक्रम वडा नं १ , २ , ३ , ४ ,५ र १९ मा सञ्चालन गरिने छ ।

वृक्षारोपन कार्यक्रममा सहभागी हुँदै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले विराटनगर महानगरपालिकालाई हरियाली महानगर बनाउने अभियान अन्तर्गत सुरू गरिएको कार्यक्रमका लागि महासंघ विराटनगर कमिटीलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।

बस्नेतले महासंघको ‘ एक कमिटी , एक रचनात्मक गतिविधी ‘ अभियान अन्तर्गत थालिएको वृक्षारोपन कार्यक्रममा खेलक्षेत्रसँगै समाजका अन्य सरोकारवालाको व्यापक सहभागिताले समाजमा सकारात्मक सन्देश जाने धारणा व्यक्त गर्नु भएको थियो ।

वृक्षारोपन कार्यक्रममा महासंघ केन्द्रीय अध्यक्ष बस्नेतसँगै विराटनगर महानगरपालिका वडा नं १ का अध्यक्ष काजी बहादुर बस्नेत , वडाका निर्वाचित सदस्यहरू , महासंघ स्थायी कमिटी सदस्य रोहित कोइराला , मनोज विक्रम शाह लगायत , विराटनगर महानगर कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

अध्यक्ष ताम्राकरले महासंघले वृक्षारोपन कार्यक्रम लगतै वडा स्तरीय फुटबल , खुला टेबलटेनिस प्रतियोगिताको आयोजना गर्ने तयारी गरिरहेको समेत बताउनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]