

विराटनगर / मोरङ जिल्लाको रंगेली वडा नम्बर २ मा स्कुल बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान वडा नम्बर – ३ का ६० बर्षीय जगरनाथ ठाकुर रहेका छन् ।
आज बिहान पौने १० बजे विराटनगरबाट आमबारीतर्फ आउँदै गरेको को १ क १७०० नम्बरको अरनिको आवासीय माध्यमिक विद्यालयको बसले सोही दिशा बाट साइकलमा आउँदै गरेका धनपालथान गाउँपालिका–३ का ६० बर्षीय जगरनाथ ठाकुरलाई ठक्कर दिई घाइते बनाएको थियो । घाइते ठाकुरको उपचारको क्रममा रंगेली अस्पताल रंगेलीमै मृत्यु भएको हो ।
बस चालक झापाको कन्काई नगरपालिका–१ का ५७ बर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।