जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित शनिबार, साउन १९, २०८१

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न सकिने बताउनुभएको छ ।

विराट मैथली साहित्य परिषद्लगायत ११ संस्थाद्वारा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले विभित्र जातजातिका भाषा, संस्कृतिको एवं सम्पदाको संरक्षण एवं विकास गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा भाषा आयोगले दिएको सिफारिश अनुसार भाषाको सम्मान गर्ने र विभिन्न भाषालार्इ प्रदेशको कामकाजको भाषाको रुपमा लागु गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कानुन बनाएर अघि बढ्ने बताउनुभयो ।

सम्भावना बोकेको विराटनगर विभित्र कारणले विकासमा पछाडि परेकोले चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महानगरका साथै यहाँ बसोबास गर्ने विभित्र भाषाभाषीको समग्र विकासका लागि इमान्दार प्रयत्न गर्ने कुरामा जोड दिनुभयो । ‘प्रदेशले विगतमा ल्याएको प्रज्ञा प्रतिष्ठान ऐनमा रहेको त्रुटीलाई संशोधन गरी संसदमा पेश गर्ने र यसैको माध्यमबाट सबै भाषा, संस्कृतिको संरक्षण हुनेछ’ उहाँले भन्नुभयोे, ‘प्रतिष्ठानका लागि नीति, कानुन र बजेटको व्यवस्था हुनेछ ।’

कार्यक्रममा साहित्यकार प्रा।डा। राजेन्द्र विमल तथा कथाकार रामनारायण सुधाकरलाई सम्मान गरिएको थियो । सम्मानित प्राडा विमलले हामीसबैले सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकता कायम गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रमका संयोजक रामरिझन यादवले भाषा आयोगले दिएको सुझाव प्रदेशमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]