खेलकुद महासंघ विराटनगरको प्रथम पूर्ण बैठक सम्पन्न

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित शुक्रबार, साउन १८, २०८१

विराटनगर / नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । आज विराटनगर स्थित नेकपा एमालेको कोशी प्रदेश कार्यलय पाञ्चलीमा महासंघका विराटनगर कमिटीको प्रथम पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।

महासंघ विराटनगर महानगर कमिटीको अध्यक्ष जतिन ताम्राकारको अध्यक्षतामा सम्पन्न बैठकले भदौ महिनामा संगठन प्रशिक्षण कार्यक्रम , महानगरको १९ वटै वडामा वडा कमिटी गठन , प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाई तथा वृक्षारोपन कार्यक्रम गर्ने , विराटनगर १२ स्थित दरहैयामा मा स्वास्थ्य / दन्त परीक्षण शिविर सञ्चालन , यसै वर्ष विराटनगर महानगरस्तरीय सुपर १० ओवर क्रिकेट प्रतियोगिता आयोजना गर्ने र महानगर भित्रका सामुदायिक विद्यालयहरूमा खेलकुद सामाग्री वितरण गर्ने निर्णय भएको कमिटी सचिव विशाल बानियाँले जानकारी दिनु भयो ।

त्यस्तै , बानियाँले बैठकले महानगर कमिटीका ७ जना पदाधिकारी सहित सविता थापा र बिजन अधिकारी रहेको ९ सदस्यीय सचिवालय समेत गठन गरेको बताउनु भयो ।

बैठकलाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य कृष्ण ( पर्शुराम ) बस्नेतले नेकपा एमालेको जनवर्गीय संगठन खेलकुद महासंघले स्थापनाको छोटो समयमा देशैभरि संगठन विस्तार गरेेेेर उत्कृष्ट ढंगले युवा र खेलकुद लक्षित कार्य गर्दै आएकोमा महानगर कमिटीले समेत त्यस्ता कार्यहरूलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने बताउनु भएको थियो ।

बस्नेतले महानगर कमिटीलाई कार्यसम्पादन गर्दा समाजमा खेलकुदको क्षेत्रमा काम गरिरहेका सबै व्यक्तिहरूलाई समेटेर समावेशी सहभागिता हुने गरि कार्य गर्न निर्देशन समेत दिनु भएको थियो ।

बैठकले नेकपा एमालेको ३४ औं सचिवालय बैठकबाट मोरङ जिल्ला इन्चार्जको जिम्मेवारी पाउनु भएका नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेलाई सफल र सुखद कार्यकालको शुभकामना समेत व्यक्त गरेको थियो ।

महासंघको केन्द्रीय अध्यक्ष बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा महासंघका स्थायी कमिटी सदस्यत्रय मनोज विक्रम शाह , सुरज श्रेष्ठ , सन्तोषी श्रेष्ठ , केन्द्रीय सचिवालय सदस्य शान्ता जोशी , मोरङ जिल्ला अध्यक्ष मनोज खड्का लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]