नयाँ वार्ष २०८२ मा गलत के गर्नुभयो

Logo
संजय कुमार राजवंशी [ नेपाल प्रेमी ] प्रकाशित मंगलबार, बैशाख ०२, २०८२

गत वर्ष २०८१ लाई अन्तिम विदाई दिदै नयाँ वर्ष २०८२ को शुभकामनासंगै नयाँ वर्षको सबैलाई बधाई तथा विषेश शुभकामना छ । नयाँ वर्ष २०८२ को पहिलो दिनमै मांसाहार गरिएको पकै होला । संस्कार भनेवित्तिकै सबै संस्कार, धर्मकर्म सहि छ पनि भन्न सकिन्न् । किनभने प्रकृतिले दिएको संस्कार र रितिरिवाज हो । धर्मकर्म, परम्परागत संस्कार हो । आफनो जातिय तथा पुर्खौ देखि चलिआएको संस्कार कसरी नगरौँ भन्ने विषय पनि छ । संस्कार पनि कसरी छोडन सकिन्छ त्यो संस्कार र परम्पराले नै पहिचान दिन्छ कसरी छोडम यो हुन सकिदैनन् । भन्ने सोचहरु पनि व्यापक छ मानव जातिको दिमागमा ।

२०८१ को अनुभव र भोगाईले नयाँ वर्ष २०८२ लाई आत्मसाथ गरि नयाँ सोच, विचार र दृष्टिकोणलाई सफा र सुध तरिकाले बुझन जरुरी छन । र यो अतिआव्श्यक पनि छ ।

कुनैपनि नयाँ जीवन र नयाँ कामको थालनी गर्दा हिन्दु संस्कारमा पहिलो दिन शुभ अथवा साकाहारी खानेकुरा खाने गरेको हुनुपर्छ । तर हामी नयाँ वर्षको सुरु दिन के गरियौँ भन्ने कुरा म, हामी र तपाईँलाई मात्रै थाहा छ । र यो दिनलाई बिर्सिन पकै सकिन्न होला । नयाँ दिनको नयाँ तरिकाले सुरुवात गर्नुपर्ने हुन्छ भनेर कसैले सिकाएर सिकिने विषय वस्तु पनि होइन होला । मांसाहार गलत नै हो । यो गलत हो भनेर पनि भन्न सकिन्न् किनभने यो हाम्रो परम्परा र रितिरिवाज हो । फेरी हामी धेरै पढेलेखेको विद्घन, वुद्घिजीवि र सत्यवादी मानव जाति कसरी त्यो नगर्ने होला ?

मेरो विचार लेख प्रस्तुत गरिरहदा यो प्रश्नहरु उठिरहेको होला । म, हामी र तपाईँ कोही मान्छे, के आज हामी खुशी छौँ । यदि म, हामी र तपाईँ खुशी आज छौँ भन्ने फेरी आज कसैको जीवन समाप्त हुने पक्का भयो । हामी खुशी हुनु भनेको पनि एक प्रकारको अपराध गतिविधि बढावा दिनु नै गर्नु बुझनुपदर्छ । होली आयो मासु र रक्सी कसो नखाउँला त । जागीर लागीयो मासु र रक्सी खानैपर्ने । जन्मदिन भयो मासु र रक्सी खानैपर्ने । जि एफ लभर पटियो मासु र रक्सी खानैपर्ने । परिक्षा पास भयौँ रक्सी मासु खानैपर्ने । विवाह भयो मासु र रक्सी खानैपर्ने । दुई करोडको घर किनियौँ मासु र रक्सी खानै पर्ने । कुनै नयाँ व्यापार सुरु गरियौँ मासु र रक्सी खानैपर्ने । यसो हेर्दा र बुझदा हरेक घरमा प्राय खुशियालीसंगै कसैको जीवन समाप्त भएकै हो । मानव जातिको प्रत्येक खुशियालीमा कसैको न कसैको जीवन एक प्रकारले समाप्त निरन्तर भएकै हो चाहे त्यो कुखुरा होस् चाहे त्यो खसी होस् ।

जनावर र पशुपंछी एक प्राकृतिक स्रोत र साधन हो जस्लाई बचाउन एकदमै मानव जातिको लागी आव्श्यक छ । यो प्रत्येक्ष मानव जातिको जीवनसंग समबन्धित छन् । वातावरण तथा पर्यावरणसंग प्रत्येक्ष रुपमा निरन्तर चलिरहने प्रक्रीया हो जस्लाई सन्तुलन बनाई राख्न एकमै मानव जातिको लागी जरुरी छन् ।

नयाँ वर्ष २०८२ को बैशाख १ गते देखि करिब एक महिनासम्म सिरुवा पर्वमा हजारौँ पशुपंछि तथा घरपालुवा जनावरहरुको हत्य हुनेनै भयो संस्कार र रितिरिवाज र धर्मकर्मको नाम्मा । यो बैशाख मात्रै नभई सयौँ वर्षभरी यस्तो दिन हो जहाँ हजारौँ खसी, कुखुरा, हाँस, परेवा, माछा र अन्य घरपालुवा जनावरहरुको चित्कार सुन र हेर्न सकिने दिन फेरि बैशाख १ गतेदेखि नयाँ दिनको सुरु भएको छ । जहाँ जुन दिन जनावर र पशुपंछिको लागी भ्यानक र दर्दनाक मृत्यू हुने बेला आउँदै छन् । यस वर्ष पनि प्राय अधिकाँश घरमा माछा, मासु तथा अन्य जनावर र पशुपंछिको मृत्यू हुने र गर्ने समय आउँदै गरेको छ ।

रमाइलोको दिन छ कसो नखाउँला माछा र मासु यो त हुनै सक्दैन । कसैले कुखुराको रोष्ट बनाउछन् भन्ने कसैले खसीको पक्कु र कसैले विरयानी बनाउछन् । सबैले सबै प्रकारका नयाँ तथा पुरानो तरिकाले मासु पकाएर खाने गरेको घरघरमा र सहरबजारको पसल तथा होटेलमा हेर्न सकिन्छन् । मानव जातिले आफनो चेतनशील खुल्ला र पार्दशी आँखाले कसैको जीवन समाप्त गर्ने छ भन्ने कसैले आफनो मुखको दाँत कोलगेटले दन्तमनजन गरेको दाँतले स्वाद लिई —लिई र दाँतले चपाई — चपाई खाने गरेको हेर्न सक्नुहुन्छन् । र खानुपनि हुन्छन् पकै होला ।

माथीलो पाराग्रापहरुmमा जेसुकै लेखिएपनि बुझने विषय वस्तु एउटै हो कि हामी मानव जाति हौैैैैँ र हामी यस प्रथा र यस संस्कारको के तुक र के अतुक छन् भन्ने सोच, विचार र दृष्टिकोण सहि र गलत के हो छलफल र समझदारी गर्न अतिआव्श्यक छ र यो सम्भव पनि हो ।

म यस विचार लेखिराख्दा यसको अर्थ यो पनि होइन कि सबै मानव जाति गलत नै हो भनेकोपनि होइन नेपालको कानुनले सबै नागरिकलाई सबै अधिकार बराबर दिएको छ । सबैको सोच, विचार र दृष्टिकोण फरक —फरक हुन्छन् र हुनुपनि पर्छ तर के म, हामी तपाईँको सबैको सोच, विचार र दृष्टिकोण फरक —फरक हुन्छन् भन्दैमा खुल्ला आँखा र सफा सिसा आरपार देखिने सत्य र असत्यलाई, अथवा सहि र गलत स्पष्टरुपमा हेरिरहेको विषय वस्तुलाई पुन्न, फेरी मानव जातिले कसरी नकारन पनि सकिन्छन् होला त । यो फेरी छुटै छलफल र विचार विर्मश गर्ने विषय वस्तु पनि होला ।

नोट ः यो विचार लेखि राख्दा कुनै धर्म र आस्था प्रति भेदभाव र नकारात्मक भ्रम फैल्याउन दृष्टिकोणले यो विचार लेखिएको पनि होइन तर यस विचारलाई मनन गर्नुपर्ने अनिवार्य छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]