

म, हामी र तपाईँको घरमा बच्चा जन्म लिनु भनेको विस्वको देशका घना र समृद्ध पुराना वन – जङ्गलहरू घर बन्दै सकिदै जानु नै हो । यस विचार लेखि राख्दा बच्चा जन्माउनु हुदैन भन्ने पनि होइन तर देशको अवस्था र प्राकृतिक स्रोत र साधनहरुलाई सहि मुल्याङ्कन र अध्यन गरी गर्नुपर्ने जस्ता कामहरु गर्नुपर्छ । प्राकृतीक रुपमा समाज र देशको विकास हुन जरुरी छन् । मानव जातिको विकास संगै माटो, हावा, पानि, वनजङ्गल तथा जनावरहरुको बास स्थान र उनिहरुको जीवनसंग टाढा रहि विकासका कामहरु गर्नुपर्ने हुन्छन् । मानव जातिको विकास र घनत्व बढ्नु भनेको नै वनजङ्ग सकिनु र उर्वर जमिनमा घर बनाउनु हो । र यस प्रक्रिया हाल विकासका नाममा अझ बढी तीव्र रुपमा विकास हुँदै विनाशतिर उन्मुख भइरहेको यो हालको स्थिति हो ।
यो एक किसिमको डर लाग्दो अवस्था पनि हो । वनजङ्गल मासिनु, प्राकृति सम्पदा सकाउनु र भौगोलिक प्राकृतिक सम्पदालाई खुल्ला चुनौति दिनु भनेको पत्रिकामा सुचना छापी र सुचना टाँस गरि विनाशको बाटो जादैछौँ भन्नु नै हो । र म, हामी र तपाईँले यस अवस्थालाई स्विकारकै हो जस्तो रोजेका हौँ पनि । यसले केही वर्ष अथवा केही समयपछि यो एक सबै राष्ट्रका लागि ठुलो समस्या हुदै गम्भीर संकट निम्त्याउने लक्षणहरू स्पस्टसँग वारिपारि हेर्नसक्ने सिसा जस्तै देखा पर्दैछन् । ति समस्याको समाधान सुनिश्चित वेलैमा भएन भने समस्याले अझै व्यापक र विनाशकारी रूप लिनसक्ने सतप्रतिशत निश्चित नै छन ।
वनजङ्गल विनाश मानव जातिका लागि मात्र नभएर विस्वको समस्त जीवजन्तु हावा, माटो, पानीको अस्तित्व जस्ता सबै प्रकारका विषय वस्तुको लागी एक वृद्धि र विकासका प्रमुख आधार हुन् । यी जीवन सञ्चालनको धरातललाई सबल, सुदृढ, स्वच्छ एवं सुसञ्चालित गर्नमा वनजङ्गल र वनस्पतिको अत्यन्त ठूलो महत्व राख्दछ । यद्यपि वन–वनस्पतिलाई पनि माटो र पानीमा भर पर्नुपर्छ, आफ्नो अवस्थिति, पोषण, वृद्धि, उत्पादकत्व र निरन्तर अस्तित्वका लागि मानिस आफ्नो सृष्टिकालदेखि नै जीविका र जनजीवनका विविध महत्वपूर्ण उद्देश्य परिपूर्ति गर्न विभिन्न प्रकारले बोटबिरुवा, वन–जंगलमाथि अत्यधिक मात्रामा आश्रित रहेको सतप्रतिशत छन ।
उपर्युक्त प्रयोजनका अतिरिक्त वन–जङ्गलका अन्य विविध सकारात्मक गुण र प्रभावबाट मानिस र अन्य जन्तु–जनावरसमेत लाभान्वित भइरहेका हुन्छन् । विशाल वृक्षहरूले सूर्यका हानिकार तत्वहरु जमिनमा पुग्नबाट रोकी मानिसलाई संरक्षित गर्छन । तापक्रमको अत्यधिक घटबढलाई नियन्त्रण गरिदिन्छ; । वर्षाको पानीलाई जमिनमा संतुलित भई दिई अविरल मुहानको सिर्जना गराउँछ । बाढी – पहिरो, भू — स्खलन नियन्त्रण गर्छन । जमिन मुनीको पिउने पानीको प्राकृतिक प्रशोधन गराउँछन ।
हरियो वन नेपालको धन भन्ने भाष्य मात्रै किताबमा, पत्रपत्रिका र सामाजिक सञ्जालमा सिमित भएको बेला यस धर्तिमा समय समयमा प्रकृतिक संकटहरुको सुचना दिइरहेको छ भनेर भन्दा सायद गलत नहोला ।
समय समयमा भुक्म्पको धक्का महशुस गरिरहेको अवस्था छ । पहिलेको घाम र अहिलेको घाममा परिवर्तन भएको छ । मानिसको सोच, विचार र दृष्टिकोणमा परिवर्तन भएको समय छ । समाजको विकास परिवर्तन भएको अवस्था छ । मान्छेको जन्मपछि सडकमै मोटर चलाउने छन नकि खेती जमिनमा । मान्छेको घनत्व बढिसकेपछि बजारको घनत्व बढेर चाप र तापक्रम बढ्ने कुरा जस्ता समस्याहरु देखा परेका छन् ।
यी र यस्ता सबै संकेतहरु अध्यन र सोच बुझ गर्दा यी नै विनाशका संकटहरु भन्न सकिन्छन् ।