नेकपा एमाले र कांग्रेसकाे संयुक्त सरकार निर्माण हुने: मुख्य मन्त्री हिक्मतकुमार कार्की

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित सोमबार, साउन १४, २०८१

विराटनगर / राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा हाललाई नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

आज साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले शक्ति सङ्ख्याको आधारमा एमालेले मुख्यमन्त्री सहित पाँच र नेकांले चार मन्त्रालय पाउने सहमती भएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले ‘वर्तमान अवस्थामा मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने समेत प्रष्ट पार्नु भयो’ । उनले नेकाले नाम दिएको आधारमा दुई÷चार दिन भित्र मन्त्रिमण्डल विस्तार गर्ने समेत जानकारी दिए ।

प्रदेशको बजेट पास भई कार्यान्वयनमा गैसकेकोले यसमा पुनरालोकन नहुने स्पष्ट पार्र्दै मुख्यमन्त्री कार्कीले आवधिक समयमा विग्रका बजेटलाई कानुन वमोजि सच्याउने सकिने बताए । उनले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्कि सम्वन्धमा प्रदेश सरकार कर्मचारी र नागरिकको सुरक्षाको निम्ति सम्वेदनशील रहेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]