सुनौलो हातहरु बाल क्लबले मिर्गौला पिडितलाई सहयोग

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित बिहिबार, फाल्गुण २२, २०८१

दुहबी / सुनसरीको दुहबीमा रहेको  महेन्द्र मेमोरियल एकेडेमी दुहबीको बाल क्लब सुनौला हातहरूले आफुहरु लाई आमाबुवाले खाजा खाजा खान भनेर दिएको पैसाले दुहबी वडा नम्बर ४ मा घर भाडामा बस्दै आएका ४३ बर्ष प्रदिप खड्काको दुई ओटै मिर्गौला फेल भएको अबस्थामा रहेका प्रदीप खड्काको उपचारका लागि रु, ८ हजार ६ सय ९०रुपैया आफन्त मार्फत सहयोग गरेको क्लबका अध्यक्ष प्राप्ती दाहालले बताइन्।

सुनौलो बाल हातहरुको क्लबले यो शैक्षिक सत्रमा आठ वटा सरकारी विद्यालय का कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई पाँचवटा का दरले कपी वितरण गरेको थियो र अन्य समाजिक गतिविधि मा पनि यस विद्यालयका विद्यार्थीहरू सहयोग गर्दै आइरहेका छन् ।

सेवा नै परम धर्म हो भन्ने मूल मन्त्रका साथ विद्यालयका सञ्चालक तथा शिक्षकहरू आफ्ना नानीहरूलाई सामाजिक कार्यका लागि सधैं प्रोत्साहित गर्ने गरेको बाल क्लब की सदस्य आरुसी हलवाईले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]