झापामा लागूऔषधसहित ४ जना पक्राउ

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित सोमबार, फाल्गुण १९, २०८१

झापा / झापाको दमक र भद्रपुरबाट प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट ताराबारी दमकबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारी नगरपालिका –७ का २१ बर्षीय बिजय शर्मा ,२० बर्षीय पुजन गिरी र १८ बर्षीय सुजन सिवालाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट ट्रामाडोल–७३ चक्की, स्पास्पेन–८० चक्की बरामद भएको छ । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–१ का २९ बर्षीय प्रन्नयन तामाङलाई १ ग्राम २ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

उता इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर चौदण्डीगढी नगरपालिका–७ का १९ बर्षीय सागर बिश्वकर्मा, २१ बर्षीय सन्जोक राई र २१ बर्षीय निशान मगरलाई ट्रामाडोल–१ सय २०, स्पास्पेन–१ सय ट्याब्लेटसहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यस समाचार प्रतिदिन अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]