

मन्दीर एक भगवानको घर अथवा वास स्थान हो । मन्दीरमा सबै जातजातिहरुको प्रवेश खुल्ला हुन्छन् । जस्ले जतिबेलापनि मन्दीर गई पुजा पार्ट र भगवान प्रति नमन गर्न सक्दछन् । पुजा भनेवित्तिकै आस्था र विस्वास एक प्रकारले मान्दछौँ । विस्वमा सबै भगवान र मन्दीर विषयको अर्थ बुझियौँ भन्ने मन्दीर एक भेदभाव रहित एक शान्तिको स्थान भन्छौँ हामी । मन्दीर चौविस घण्टा दिन र रात खुल्ला हुने स्थान हुनुपदर्छ । नकि समय र समयको पावन्दी र नियम हुनुपदर्छ । मन्दीर भनेको श्ब्द नै खुल्ला र पार्दशी हुनुपर्छ ।
भेदभाव रहित समाजमा भक्तजनहरु पुजाआजा गर्ने आ—आफना भाव भक्तीहरु भगवानको अगार्डि सर्मपन गर्ने हुनुपर्छ । रातदिन गरि २४ घण्टा खोलेर बस्नुपर्ने मन्दीरको वास्तविक अर्थ हुनुपर्ने सायद होला । तर विराटनगरका प्राय अधिकाँश मन्दीरहरु विहान र दिउँसो र बेलुकी समय तालिका अनुसार बन्द र खुल्ने समय भइरहको एउटा नियम नै रहेको छ । विहान ४ र ५ बजे खुल्छ भन्ने कुनै मन्दीर १२ बजे बन्द हुने गर्दछ । तेस्पछि ४ बजे फेरी खुल्ने गरेको मन्दीर परिसर भित्र अथवा बाहिर सुचना र्बोड नै राखिएको म, हामी र तपाईँ हेर्न सक्नुहुन्छन् होला ।
मन्दिर र भगवानकाे पुजा गर्ने स्थल जहिल्यै खुल्ला हुनुपर्ने हुनुपर्छ । मन्दिरको अर्थ पनि यहीँनै हाे । तर यहाँ मन्दिरको समय तालिकाअनुसार अथवा समितिकाे निर्देशन नुसार खुल्ला र बन्द हुने गरेको छ । यस्तो भनिरहदा विराटनगरका सबै मन्दिरमा यहीँ नियम छ पनि भनेको हाेइन तर कतिपय स्थानमा समय तालिकाअनुसार खुल्ला र बन्द हुने गरेको छ ।
पहिलो र अरु थप पाराग्राफमा जतिजेसुकै जे लेखिएपनि भगवान, मन्दीर र धर्मकर्म र पुजापार्ट गर्ने भक्तजनहरुले सुझाव सम्झेर यस मेरो विचार पढिदिनुहुन अनुरोध छ । साथै अन्यथा नसम्झीदिन विषेश अनुरोध छ ।
भगवान श्ब्द आफैँमा एक विस्वासले भरिपुर्ण भएको श्ब्द हो । जहाँ यस पृथ्वीको संसार यस श्ब्दमा टिकेको छ । विस्वास र अविस्वास यस श्ब्दले मानव जातिमा एक मन्त्र र औषधीको काम गर्दछन् । कसैले चोरी गर्न सोचनु भनेको भगवानलाई एक पटक सम्झीनु हो । कसैले नराम्रो काम गर्न खोजनु भनेको भगवानलाई एक पटक सम्झीनु हो । भगवानको आस्था र विस्वासले पनि यो संसारमा अपराधीक क्रियाकलाप घटेको हो भन्ने बुझनुपर्दछ । कतिपय सम्बन्ध भगवानको डर र विस्वासले पनि चलिरहेको छ । अरुलाई नराम्रो गर्दा आफैलाई नराम्रो भगवानले गर्नुहुन्छन् भन्ने एउटा विस्वासले पनि मानव जातिले गलत व्यवहार र गलत काम नगरिएको अवस्था पनि यहाँ छदैछ । भगवान एक विस्वास हो जस्लाई अनुभव र आस्थाबाट महशुस गर्ने कुरा हो । भगवान एक भौतिक रुप नहोला । तर भगवान एक भरोसा र विस्वास हो । अदृश्य शक्ति पनि भन्न सकिन्छन् । यी र यस्ता विषय वस्तुहरु समाजमा स्पष्ट रुपमा हेर्न सकिन्छन् तर भगवानको आस्था र विस्वासलेनै यस संसार चलेको भन्नु सायद गलत नहोला ।
कतिबजे मन्दीर खुल्छ र म दर्शन गर्छु भनेर पर्खिनु सायद यो मन्दीर अथवा भगवान दृष्टिकोणबाट सहि नहोला । किनभने भगवानको अर्थ नै सफा र सुध मन राख्नु हो ।
भगवान एक विस्वास र आस्था हो यसै कारणले पनि मानिसमा सतकाम र सद्विचार उत्पन्न हुन्छन् पनि तर यो मात्रै सिमित रहनु सायद गलत सावित हुन सक्दछ । भगवान प्रति जुन आस्था र विस्वास म, हामी र तपाईँ राख्दछौँ त्यो संधैभरी रहिरहन हाम्रो सोच, विचार र सोचने दृष्टिकोण सफा र सुध हुन जरुरी छन् ।