लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित शनिबार, फाल्गुण १७, २०८१

भद्रपुर / झापाको भद्रपुरमा ठुलो परिमाणमा लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तनहुँ भानु नगरपालिका– १२ कवाजित निवासी २४ बर्षीय सुदिप बिक र सुनसरी रामधुनी नगरपालिका– ३ सिंघिया निवासी २७ वर्षीय हिरालाल बिक रहेका छन् । उनीहरूको साथबाट प्लास्टिकसहित ३०१ ग्राम ब्राउनसुगर बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत रहेको बिओपी महेशपुरको टोलीले हिजो साँझ ६ बजे भारतबाट बा ९० प १६७५ नम्बरको स्कुटर चढेर नेपाल आउँदै गरेका उनीहरूलाई भद्रपुर– ३ मेचीपारिस्थित झोलुङ्गे पुलमा शङ्का लागेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा स्कुटरको ब्याट्री बक्सभित्र लुकाइछपाई राखिएको तीन वटा पोकामा २९८ ग्राम र एउटा पोकामा ३ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनीहरूले ब्राउनसुगर भारतीय सीमावर्ती बजारबाट खरिद गरी ल्याएको र काठमाडौँ पठाउन खोजेको बताइएको छ ।सशस्त्रले दुवै जनालाई ब्राउनसुगर, नगद १६ हजार ४१० रुपैयाँ, दुई थान मोबाइल र स्कुटरसहित आवश्यक कारबाही लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाएको छ ।

यस समाचार प्रतिदिन अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]