

गाैरिगन्ज / झापाको गौरीगञ्ज गाउँपालिका वडा नं.१ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
आज दिउँसो १२.५५ बजे गौरीगञ्ज गाउँपालिका वडा नं.१ हुलाकी राजमार्गमा कुञ्जिबारीबाट धनगढातर्फ जाँदैं गरेको बा ६५ प ८७८६ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई रोडको बायाँ साइडमा रहेको पिल्लरमा ठोक्किन गई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका वडा नं.४ बस्ने १७ वर्षीय सुरज राजवंशीको मृत्यु भएको हो ।
नाक, अनुहार र टाउकोमा चोट लागेर घाइते भएका राजवंशीलाई उपचारको लागि दमक अस्पताल दमकतर्फ पठाइएकोमा दिउँसो २ः१५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जनाएका छन् ।
यस समाचार प्रतिदिन अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।