महेन्द्र स्कुलले गरे छात्रा बिधार्थिलाई सम्मान

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित मंगलबार, फाल्गुण १३, २०८१

दुहबी /सुनसरीको दुहबी वडा न.४ मा रहेको महेन्द्र मेमोरियल ऐकडेमी स्कुलले एक कार्यक्रम गरि प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा प्रथम र सुनसरी प्याब्सनले आयोजना गरिएको माध्यमिक प्लसटु जिल्ला स्तरीय कबड्डी प्रतियोगितामा दोस्रो स्थान लिएका बिधार्थि छात्राहरु लाई स्कुलमे एककार्यकम गरि खादा माला सहित सम्मानित गरेकाछन । कसमस एजुकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टर नेपाल द्वारा कोशी प्रदेश स्तरिय चित्रकला प्रतियोगितामा
महेन्द्र मेमोरियल ऐकडेमी स्कुल दुहबी ४ कि छात्रा  अलिसा खातुन   पहिलो  स्थान हासिल गर्न सफल
भएकी छिन् ।खातुन  नगद रु १५ हजार मेडल ,प्रमाणपत्र साथै ट्रफिले समानित भएकि हुन ।

कन्चनजङ्गा पार्टी प्यालेस विराटनगरमा भएको सो प्रतियोगितामा कक्षा ५ मा अध्ययनरत छात्रा अलिसा खातुन  दस हजार जना भन्दा बढी प्रतिष्पर्धी विद्यार्थीहरूलाई पछि पार्दै प्रथमं स्थान हासिल गर्न सफल भएका हुन्।

उत्कृष्ट चित्र कोर्न अनि रंग भर्ना माहिर खातुन प्याप्सन सुनसरीले आयोजना गरेको जिल्लास्तरीय चित्रकला प्रतियोगितामा पनि जिल्ला प्रथम हुन सफल भएकी थिइन्। महेन्द्र मेमोरियल एकेडेमी दुहबी सुनसरी शैक्षिक क्षेत्रमा सुनसरीकै अब्बल विद्यालयहरू मध्येको एक हो नै साथै अतिरिक्त क्रियाकलापहरूमा पनि उक्त विद्यालय जहिले पनि विभिन्न विधामा प्रथम द्वितीय र द्वितीय हुन सफल भइरहेको छ र यस विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू विद्यालय प्रति सन्तुष्ट रहेको जानकारी कक्षा पाँचमा अध्ययनरत विद्यार्थीका अभिभावकले दिनुभएको छ  र सिंगो विद्यालयको प्रतिष्ठा माथि उकास्न महत्वपूर्ण योगदान दिएको मा विद्यालयकी मेधाबी छात्र अलिशा खातुन को प्रशंसा गर्नुहुँदै महेन्द्र मेमोरियल ऐकडेमी स्कुलका संचालक प्रिन्सिपल निश्चलराज शाक्यले  उनको उज्ज्वल भविष्यको शुभकामना सहित उत्तरोत्तर प्रगतीको कामना सहित खातुनलाई यश वर्ष फुल ऐस्कोलरसिप दिने घोषणा समेत
गरेका छन । यस बिधालय बाट  फुटबल प्रतियोगिता ,भलिबल प्रतियोगिता  ,वादविवाद प्रतियोगिता,चित्रकाला प्रतियोगिता लगायतका खेलकुदमा सहभागी गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]