कर्मचारी तन्त्रले के गरे

Logo
संजय कुमार राजवंशी प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

राष्ट्रियपत्ति, प्रधानमन्त्री, मन्त्रि र पालिका प्रमुखले कार्यालयको प्रशासनीक गतिविधि हेर्ने होइन । कार्यालयको प्रशासकीय प्रमुख लगायत कर्मचारीले नै कार्यालयको सम्पुर्ण कामको कागजात विवरणहरु मिलाउने र तयार गर्ने काम गर्दछन् । सरकारी कार्यालयमा सबै कामहरु सरकारी कार्यालयका कर्मचारीहरु मिलेर गर्ने गर्दछन् ।

सामान्य अर्थमा लगानी र प्रतिफलको तुलना गरी आलोचना सहितको सुझाव उपलब्ध गराउने कार्य नै लेखापरीक्षण हो । नेपालको संविधान अनुसार महालेखा परीक्षकले विभिन्न मापदण्डलाई आधार बनाएर सबै सरकारी निकायको अन्तिम जस्तै– नियमित, मितव्ययी, कार्यदक्षतापूर्ण, प्रभावकारी तथा औचित्यलाई आधार बनाएर लेखापरीक्षण गर्दछ । आर्थिक कारोबारसँग सम्बन्धित लेखाको स्वतन्त्र, निष्पक्ष एवं उद्देश्यमूलक रूपमा गरिने परीक्षण, चेकजाँच र सोको मूल्याङ्कन तथा विश्लेषण गर्ने कार्य लेखापरीक्षण हो ।

यस्को अर्थ कर्मचारीलाई माया र सद्भाव देखाइएन भन्ने तपाईँलाई दुख हुनसक्छन् किनभने उस्ले प्रशासनीक कामको प्रकृया राम्रोसंग बुझेको हुन्छन् । तेसैले भएपनि कर्मचारीसंग जोकोही पनि मिलेर र केहि नराम्रो कुराहरु नदेखिएको जस्तो गरीन्छन् जनता । तर फेरी अर्को श्बदमा भने हो भने भ्रष्टाचार हुन्छन् कसरी यदि कर्मचारीले प्रशासनीक काम गर्छन् भने त्यो फेरी अच्मको कुरा हो । कागज कसरी मिलउछन् । प्रकृया कसरी मिलउछन् । कसरी भ्रष्टाचार हुन्छन् फेरि सबै कागज र प्रकृया कर्मचारीले मिलाउछन् भन्ने ।

म, हामी र तपाईँ कर्मचारीलाई खुशी बनाउन नसक्दा सायद तपाईँहरुले पनि कर्मचारीबाट दुख भोगनु भएको होला नै । एउटै कागज पटक पटक बनाउन मजबुर गर्ने र दुख दिने गरेको पकै होला । हुनपनि हो सबै कागज र प्रकृया सबै साधारण जनतालाई थाहा नहुनसक्दछन् किनभने सबै पढेलेखेका हुदैनन् नै । सबैको काम प्रकृति फरक फरक हुदा सबैलाई थाहा नहुनसक्दछन् ।

बेरुजु प्रत्येक वर्ष प्राय प्रत्येक कार्यालयमा हुन्छन् । र प्रत्येक कार्यालयमा बेरुजु प्राय अधिकाँश देखिएको हुन्छन् र बेरुजु पनि कसरी हुदो रहेछ जब सबै प्रकृया कर्मचारीले मिलउछन् भन्ने ।

कर्मचारीले नै देश चलेको हो भनेर भन्न सकिन्छन् । कर्मचारी बिना कुनैपनि कार्यालयको काम कार्बाही गर्न सकिन्न् । सहकारी, बैङ्क, उधोग कलकारखाना, कुनैपनि व्यापारिक स्थल लगायत सबै कामहरुको प्रकृया कर्मचारीले नै गर्दछन् । कर्मचारीलाई भन्ने हो भन्ने संस्थाको डाँढ भन्न सकिन्छन् यस्ले गर्दा धेरै समय लाग्ने काम छिटो र सरल बनाइदिन्छन् भन्ने अहिले देशभर आलेप र मलेप ले हरेक वर्ष सरकारी कार्यालयमा बेरुजु देखिने काममा सहयोग गर्दछन् ।

सरकारी कार्यालयमा बेरुजु नहोस् भनी नै आलेप कर्मचारी नियूक्त गर्दछन् र उस्ले कुनैपनि शाखाको प्रत्येक कामको फाइल मिलाउने र भेरिफाई गर्ने काम गर्दछन् कुन फायलमा के कागज मिलेन र कहाँ के प्रकृया गलती भयो भन्ने विषय वस्तु हेर्नलाई सो कामको लागी आलेप र मलेप राख्दछन् ।

तल दिएको संक्ष्पित परिचय महालेखापरिक्षकको वेबसाइटबाट जस्ताको तेस्तै साभार गरिएको हो ।

सार्वजनिक निकायहरुको अन्तिम लेखापरीक्षण गरी प्रतिवेदन जारी गर्ने उद्देश्यले नेपाल अधिराज्यको संविधान, २०१५ बमोजिम २०१६ साल आषाढ १५ गते नेपालका प्रथम महालेखापरीक्षकको नियुक्तिसँगै महालेखापरीक्षकको कार्यालयको स्थापना भएको हो । यस कार्यालयले लेखापरीक्षणको माध्यमबाट मुलुकको सार्वजनिक स्रोत, साधनको संरक्षण गर्ने साथै सरकारी आम्दानी र खर्च लगायत सरकारका कार्यहरुको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको आधारमा लेखापरीक्षण गर्ने गर्दछ ।

सार्वजनिक निकायको सेवा प्रवाह, आर्थिक क्रियाकलापमा पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन तथा असल अभ्यासको स्थापनामा महालेखापरीक्षकको महत्वपूर्ण भूमिका रहेको हुन्छ । महालेखापरीक्षकबाट जारी हुने लेखापरीक्षण प्रतिवेदन÷नतिजा मार्फत् संघीय संसदले आफूद्वारा स्वीकृत नीति तथा कार्यक्रमको कार्यान्वयन र सरकारका समग्र क्रियाकलापहरु सम्बन्धमा संसदीय निगरानी गर्ने प्रचलन रहेको छ ।

संविधानको धारा २४१ अनुसार सबै संवैधानिक निकाय तथा सोको कार्यालय, अदालत, सुरक्षा निकाय लगायतका सबै संघीय र प्रदेश सरकारी कार्यालय तथा स्थानीय तहको लेखा कानून बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको आधारमा लेखापरीक्षण गर्ने, ५० प्रतिशतभन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व भएको संगठित संस्थाको लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्तिका लागि परामर्श र अपनाउनु पर्ने सिद्धान्तका सम्बन्धमा आवश्यक निर्देशन दिने, महालेखापरीक्षकलाई लेखापरीक्षणको सिलसिलामा लेखासँग सम्बन्धित कागजपत्रहरु जुनसुकै बखत हेर्न पाउने अधिकार हुने, तोकिएका कार्यालय बाहेक अतिरिक्त अन्य कुनै कार्यालय वा संस्थाको महालेखापरीक्षकबाट लेखापरीक्षण गर्नुपर्ने गरी संघीय कानून बमोजिम व्यवस्था गर्न सकिने, लेखापरीक्षण गरिने निकायको लेखा संघीय कानून बमोजिम महालेखापरीक्षकले तोकेको ढाँचामा राखिने लगायतका काम, कर्तव्य र अधिकार महालेखापरीक्षकलाई तोकिएको छ ।

उपर्युक्त संवैधानिक जिम्मेवारी पूरा गर्नका लागि यस कार्यालय अन्तर्गत पूर्वाधार विकास, आर्थिक तथा सामाजिक क्षेत्र, सुरक्षा निकाय, प्रदेश तथा स्थानीय तह लगायत विभिन्न क्षेत्रको लेखापरीक्षण गर्ने गरी ४ विभाग, १८ महानिर्देशनालय तथा ३५ निर्देशनालय गठन गरिएका छन् । निर्देशनालयको कामको प्रकृति, कार्यक्षेत्र तथा लेखापरीक्षण गर्नुपर्ने निकाय संख्याको आधारमा उक्त निर्देशनालयमा विभिन्न तहका आवश्यक जनशक्तिको पदस्थापन गर्ने गरिएको छ ।

यस कार्यालयमा हाल राजपत्रांकित विशिष्ट श्रेणीका उप–महालेखापरीक्षक ४, राजपत्रांकित प्रथम श्रेणीका नायब महालेखापरीक्षक १८, राजपत्रांकित द्वितीय श्रेणीका निर्देशक ११३ (विशेषज्ञ, कानून र सूचना प्रविधि सहित) तथा राजपत्रांकित तृतीय श्रेणीका लेखापरीक्षण अधिकारी २५५ र अन्य सहायक कर्मचारीहरु समेत गरी कूल ६४३ दरबन्दी रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]