राजवंशी र विराट एक हुँ

Logo
संजय कुमार राजवंशी प्रकाशित मंगलबार, फाल्गुण ०६, २०८१

राई जाति २२ ओटा क्याटागरीमा भएपनि एउटै जातिय संस्थाको छाता मुनी छन । मगर जाति चार क्याटागरीमा भएपनि एउटै जातिय संस्थामा अबध छन । यस्तै अरुपनि नेपालमा जातिहरु छन् जुन एउटै जातिय संस्थाको छाता मुनी अवस्थित छन । यो विषय वस्तु विराट राजवंशीको १८औँ वृह्त् भेलाको हो जहाँ आदिवासी जनजाती राष्ट्रिय प्रस्ठिानका सचिव कमल राजवंशीले कार्यक्रममा मन्त्वयका समयमा भनेका हुन ।

पाँच औँला मिलेर मुठी बनेपछि मात्रै कसैलाई मुक्का हान्न सकिन्छन् भन्ने जस्तै एक वा सो भन्दा धेरै मिलेर काम गरियौँ भन्ने अझै प्रभावकारी रुपले काम गर्न सकिन्छन् । एक ÷ एक थोपा मिलेर समुन्द्र बनेझैँ एक जाति र अर्को जाति मिलेर गर्ने कुनै पनि काम सफल हुन सकिन्छन् । राजवंशी विराट र राजवंशी कोच नाममा जातिको व्याख्या एक श्ब्दमा हेरियौँ भन्ने सबैले राजवंशी लेखिन्छन् भन्ने विराट राजवंशीको पनि नागरिकताको प्रतिलिपी हेरीयौँ भन्ने राजवंशी नै सतप्रतिशत लेखिएको हुन्छन् । भाषा फरक, पोषाक फरक र अन्य केहि मात्रै विषय वस्तु र संस्कारका परम्परागत केहि हदसम्म फरक रहेको छ । तर नामको पछाडी राजवंशी नै लेखिएको अवस्था छ । अहिले राजनितिक परिवेश तथा राजनितिक स्वार्थ भनौँ या हाम्रो सोच प्रति फरक विचार । तर हामी के गर्दैछौँ भन्ने कुरा राजवंशी कोच र राजवंशी विराटले सोचनुपर्ने अवस्था छ ।

झापा, मोरङ्ग र सुनसरी जील्ला र लगायत अन्य जील्लामा केहि मात्रामा मात्रै यस राजवंशी जातिको संख्या रहेको छ । र यो एक आदिवासी राजवंशी हुन । जस्को सम्बन्ध माटो संग जोडिएको छ । जस्ले यस धर्तिलाई र वनजङ्गललाई भगवानको रुपमा मान्दछन् ।

यस सन्दर्भलाई सोच, विचार र एउटा फरक दृष्टिकोणबाट सोचियौँ भन्ने बहुभाषिक राजवंशी समाजको विऊ रोपनुपर्ने बेला आएको छ । भाषा फरक, पोषाग फरक, धर्मकर्म एउटै र रितिरिवाज पनि करिब करिब एउटै भएकोले यसलाई बहुभाषिक राजवंशी समाज बनाउन सके राम्रो हुनेथियो ।

विराट राजवंशीको १८औँ वृह्त् भेला आज सम्पन्न भएको छ । विराट राजवंशीको पहिचान, अधिकार, संस्कार र संस्कृति, परम्परागत रितिरिवाजमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै विराट राजवंशीको आफनो मागहरु राख्दै वृह्त् भेला आज विराटनगरमा सम्पन्न गरिएको छ ।

आउँदो बैशाख १ गते सम्म हाम्रो विराट राजवंशी जातिको आदिवासी जनजाती महासङ्गमा सुचिकृत नभए सम्पुर्ण विराट राजवंशी जाति आन्दोलनमा जाने बताउँदै राजवंशी समाज उथान समितिका केन्द्रीय अध्यक्ष भुब्नेश्वर मण्डल राजवंशीले मन्त्वयका क्रममा बताए । विराटनगर महानगरपालिकाका छेऊ छाऊमा विराट राजवंशी जातिको बाक्लो उपस्थिति रहेको छ । विराटनगर प्रवेश निषेध र चक्का जाम गर्ने कार्यक्रम बैशाख एक गतेदेखि गर्ने समेत बताएका छन् ।

राई, मगर र अन्य जातिहरुको जनसंख्या राजवंशीको भन्दा धेरै अत्याधिक भएपनि उनिहरु एउटै जातिय संस्थामा आवध रहि आ—आफनो कार्यक्षेत्रमा राम्रो गर्दै गरेको विषय वस्तु । विराट राजवंशी आदिवासी भुमीपुत्र नै हो भन्दै केहि समस्याहरु बताउँदै मन्त्वय दिएका आदिवासी जनजाति उथान राष्ट्रिय प्रस्ठिानका महासचिव कमल राजवंशीले बताएका छन । राईमा २२ किसिमको जाति तथा विभिन्न क्यटागरिमा भएपनि राईहरु एउटै संस्थामा आबध रहेको छ । तेस्तै मगरमा आले मगर, घले मगर, घर्ति मगर र पुन मगर गरि चार किसिमका भएपनि उनिहरु एउटै संस्थामा आबध रहेको पनि बताएका छन् । झापा, सुनसरी र मोरङ्गमा राजवंशी जातिहरु थारु, राई र मगरको तुलनामा कमै मात्रामा जनसंख्या रहेकोले राजवंशी र विराट राजवंशी एउटै संस्थामा आबध रहि सहमति गरी अघि बढ्नुपर्ने बताए । र तेस्तै यूवा पुष्ताले पनि दुवै राजवंशी एक ठाउँमा बसेपछि आफनो अधिकार सुनिश्चित हुने पनि उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]