विराट राजवंशीकाे १८औं वृहत् भेला सम्पन्न

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित मंगलबार, फाल्गुण ०६, २०८१

विराटनगर / विराट राजवंशीको १८औँ वृह्त् भेला आज सम्पन्न भएको छ । विराट राजवंशीको पहिचान, अधिकार, संस्कार र संस्कृति, परम्परागत रितिरिवाजमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै विराट राजवंशीको आफनो मागहरु राख्दै वृह्त् भेला आज विराटनगरमा सम्पन्न गरिएको छ ।

पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको प्रमुख अतिथिमा सो वृह्त् भेला कार्यक्रम कोशी प्रदेशको राजधानी विराटनगरको महेन्द्र चोक एम जि रोडमा उक्त कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न निकायका पदअधिकारी सहितको उपस्थितिमा समान तथा वृह्त् भेला सांस्कृतिक कार्यक्रम गरिएको छ ।

आउँदो बैशाख १ गते सम्म हाम्रो विराट राजवंशी जातिको आदिवासी जनजाती महासङ्गमा सुचिकृत नभए सम्पुर्ण विराट राजवंशी जाति आन्दोलनमा जाने बताउँदै राजवंशी समाज उथान समितिका केन्द्रीय अध्यक्ष भुब्नेश्वर मण्डल राजवंशीले मन्त्वयका क्रममा बताए । विराटनगर महानगरपालिकाका छेऊ छाऊमा विराट राजवंशी जातिको बाक्लो उपस्थिति रहेको छ । विराटनगर प्रवेश निषेध र चक्का जाम गर्ने कार्यक्रम बैशाख एक गतेदेखि गर्ने समेत बताएका छन् ।

हामी भोट बैङ्क मात्रै हौँ । सीधा उङ्गलीबाट घिऊ ननिस्केपछी उङ्गली बाङ्गो गरि निकाल्नुपर्छ भन्दे राजवंशी समाज उथान समितिका उप सभापत्ति प्रदिप विस्वास राजवंशीले कार्यक्रममा मन्त्वका क्रममा बताए । साथै १८औँ वर्ष देखि सुचिकृत किन नदेको भन्दै सो कुराको प्रतिवाद गरेका हुन ।

राई, मगर र अन्य जातिहरुको जनसंख्या राजवंशीको भन्दा धेरै अत्याधिक भएपनि उनिहरु एउटै जातिय संस्थामा आवध रहि आ—आफनो कार्यक्षेत्रमा राम्रो गर्दै गरेको विषय वस्तु । विराट राजवंशी आदिवासी भुमीपुत्र नै हो भन्दै केहि समस्याहरु बताउँदै मन्त्वय दिएका आदिवासी जनजाति उथान राष्ट्रिय प्रस्ठिानका सचिव कमल राजवंशीले बताएका छन । राईमा २२ किसिमको जाति तथा विभिन्न क्यटागरिमा भएपनि राईहरु एउटै संस्थामा आबध रहेको छ । तेस्तै मगरमा आले मगर, घले मगर, घर्ति मगर र पुन मगर गरि चार किसिमका भएपनि उनिहरु एउटै संस्थामा आबध रहेको पनि बताएका छन् । झापा, सुनसरी र मोरङ्गमा राजवंशी जातिहरु थारु, राई र मगरको तुलनामा कमै मात्रामा जनसंख्या रहेकोले राजवंशी र विराट राजवंशी एउटै संस्थामा आबध रहि सहमति गरी अघि बढ्नुपर्ने बताए । र तेस्तै यूवा पुष्ताले पनि दुवै राजवंशी एक ठाउँमा बसेपछि आफनो अधिकार सुनिश्चित हुने पनि उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]