

भ्रष्टाचार गर्दिन र गर्न पनि दिदिन । म घुस खादिन र अरुलाई पनि खान दिन्न । मलाई प्रधानमन्त्री बनाइदिनुस यस देशलाई सिङ्गापुर बनाइदिन्छु । अमेरिका जस्तो बनाइदिन्छु । घर घरमा ग्यास पुर्याउछु । मलाई प्रधानमन्त्री बनाइदिनुस् सबैलाई रोजगरा दिलाईदिन्छु ।
यी र यस्ता भाषणबाजीहरु नेपालको प्राय सबै राजनितिक कार्यक्रम तथा अन्य सामाजिक कार्यक्रममा हेर्न र सुन सकिन्छन् । तर भाषणबाजी गर्ने ति सबैलाई थाहा छन् कि म यस्तो कुनै काम राम्रो गर्दिन । उस्लाई आफैँ थाहा छ कि म कहिल्यै जनताको वास्तविक काम र प्रत्येक्ष जनताको जनसरोकारसंग सम्बन्धित काम गर्दिन भनेर तर पनि भाषण गरेको गरै गर्दछन् नेता, मन्त्री ।
सहकारी वार्षिक साधारण सभा, कल्बको उधघाटन अथवा कुनैपनि सामाजिक कार्यक्रम होस या कुनै अनौपचारीक गतिविधि सबै ठाउँमा नहुने नहुने भाषण सुन सकिने भाषाहरु छन । प्रत्येक दिन जनता विदेश पलायन हुदै गर्दाखेरी पनि भाषणमा कमि नआएको पत्रपत्रिका, टिभि र अनलाइन पत्रिकामा स्पष्टरुपले हेर्न र सुन सकिन्छन् ।
यस देशको मन्त्री बन्नु अनि भ्रष्टाचारमा कोहि जेल नजानु कस्तो यो हुनसक्छन । मन्त्री बन्नु र जनताले नचिनु कसरी हुनसक्छन् यो । मन्त्री बन्नु र जनताले वास्ता नगर्नु को आयो र को गयो । वन मन्त्रीले वनको लागी एउटै प्रभावकारी काम नगर्नु । शिक्षा मन्त्रीले एउटै प्रभावकारी काम नगर्नु । प्रधानमन्त्री बन्नु र देशलाई भ्रष्टाचार मुक्त गर्न नसक्नु यो कसरी हुनसक्छन् र ।
उधाहरणका लागी
व्यवहारीक शिक्षा सतप्रतिशत कानुन परिवर्तन गरेर लागु कहिले गर्ने । वनजङ्गल नष्ट भएर हात्ति र अन्य जनावर सहर, बजार तथा गाउँले परिवेशमा आतंङ्क गरिएको अवस्था छ । जङ्गली जनावरको लागी जङ्गलमा फलफुलहरुको विरुवा लगाउने कहिले । प्रधानमन्त्री बनेपछि भ्रष्टाचारका फायल नखोल्ने किन । भ्रष्टाचार छैन कसैले भन्न नसकिने अवस्था छ । देशमा भ्रष्टाचार छन् । भ्रष्टाचारलाई निगरानी गर्न नसक्नु कसरी । सरकार भनेको आफैँमा एउटा शत्तिशाली निकाय हो जुन कानुनको परिधिमा घुम्ने गर्दछन् । नेपाल सरकारको संविधान र कार्यनिति अनुसार चल्ने सरकारले भ्रष्टाचार कसरी जरैबाट न्यूनिकरण गर्न नसक्ने यो कसरी हुनसक्छन् । भ्रष्टाचार छैन । भ्रष्टाचार कसैले पनि गर्दैन भनेर म, हामी र तपाईँ भन्न नसकिने अवस्थामा । नेता, मन्त्री सबैले भाषणमा जीवन चलाईरहेको स्पष्टरुपले देखिन्छन् ।