

विराटनगर / विराट गाेल्डकप फुटबल प्रतियोगिता २०८१ काे पत्रकार सम्मेलन सम्पन्न गरिएको छ । “साथ फुटवलको विकास” भन्ने मूल नाराका साथ यही २०८१ फाल्गुण १९ गतेदेखि २८ गतेसम्म विराटनगरमा आयोजना गरिने “विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१” को नवौं संस्करणको पहिलो चरणको पत्रकार सम्मेलन आज सम्पन्न गरिएको छ ।
विगतका केही वर्षसङगै आएको विराट गोल्डकप फुटवल प्रतियोगिता यस वर्ष पनि विराट गोल्डकप फुटवल ट्रष्टले संयोजक श्री नविन रिजाललाई राखी तयारीका कार्यहरु भइ रहेको छ । यस वर्ष हुन गईरहको “विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१” आयोजना संचालन गर्नका लागि सम्पूर्ण विराटनगर बासी फुटवल प्रेमीहरु, सरकारी निकायहरु, स्थानीय निकायहरु, सुरक्षा निकायहरु, राजनिती दलहरु, उद्योगीहरु, व्यापारीहरु, पत्रकारहरु र संघसंस्थाहरुको सहयोग, सल्लाह सुझावलाई आत्मसाथ गर्दै पूर्व तयारी लगभग अन्तिम चरणमा रहेको अध्यक्ष नविन रिजालले कार्यक्रममा रिजालले बताए । शहिद रंगशालाको मैदान मर्मत र सरसफाइ भई रहेको छ ।
उक्त प्रतियोगितामा भाग लिने १० वटा फुटवल टिम छनौट भइसकेको छ । जस्मा भारतवाट २ वटा टिम र नेपालवाट विभागिय टिमहरु सहित ८ टिमहरु निम्नअनुसार रहेको जानकरी गराएका छन् ।
१. साउथर्न समिति फुटवल क्लव कोलकाता,
२. भारत सुकदेभा दिल्ली फुटवल क्लव, भारत
३. थ्रि स्टार फुटवल क्लव, काठमाडौं
४. नेपाल पुलिस क्लव, काठमाडौं
५. त्रिभुवन आर्मी फुटल क्लव, काठमाडौं
६. मच्छिन्द्र फुटवल क्लव, काठमाडौं
७. एन आर टी क्लव, काठमाडौं
८. नेपाल ए पि एफ फुटवल क्लव, काठमाडौं
९. चर्ज व्याइज फुटवल क्लव, काठमाडौं
१० रिजालको मोरङ्ग एफ. श्री मोरङ
यस प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकाश वोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटवल संघ, मोरङ उद्योग व्यापार संघ रहेका छन् ।
“विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१” संचालनका लागि कूल अनुमानित खर्च रु.१ करोड ३५ लाख रहेको जानकारी गराउन चाहान्छौं ।
यस प्रतियोगिताको विजेतालाई नगद रु. ११ लाख, उपविजेतालाई नगद रु. ५ लाख, उत्कृष्ट प्रशिक्षकलाई नगद रु.१५ हजार, उत्कृष्ट गोलरक्षकलाई नगद रु.१५ हजार, सर्वाधिक गोलकर्तालाई नगद रु. १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद रु. ११ हजार र सर्वोकृष्ट खेलाडीलाई नगद रु.५१ हजार पुरस्कार दिने निर्णय गरिएको हाे ।
यस प्रतियोगितालाई सभ्य र भव्य बनाउन दैनिक यस प्रतियोगिता हुनु भन्दा अगाडीदेखि राष्ट्रिय स्तरका कलाकारवाट सास्कृतीक कार्यक्रम समेत राखिएको छ भने दर्शकहरु मध्येवाट ५ जनालाई दैनिक Face of The Birat Goldcup छनौट गरि ताज पहिरिने व्यवस्था मिलाईको छ ।
“विराटनगरको साथ फुटवलको विकास” भन्ने मूल नाराका साथ यही २०८१ फाल्गुण १९ गतेदेखि २८ गतेसम्म विराटनगरमा आयोजना गरिने बताए ।