

ग्रामथान / मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले स्वस्थ्य शाखाका इन्चार्ज लगायत कर्मचारीहरुलाई बहानाबाजी भन्दा स्वास्थ्य क्षेत्रमा गरीएका कृयाकलापहरुबारे प्रगति विवरण माग गरीएका छन् ।
हरेक महिनाको ४ गते मासिक बैठक तथा समिक्षा बैठक बस्दै आएको स्वास्थ्य शाखाका कर्मचारीहरुलाई ग्रामथान गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा गरीएका कृयाकलापहरुको प्रगती विवरण अध्यक्ष माझीले माग गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरु प्रायजसो जिम्मेबारीको बोध नभई आफ्नो कार्यलय समयमा पनि मोबाई चलाएर बसिने जनगुणासो पश्चाप्त हरेक मासिक बैठक तथा समिक्षामा प्रगति प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
स्वास्थ्य चौकिमा स्वास्थ्य कर्मिहरु काम नपाएर बढी मोबाईलमै व्यस्त देखिने भएकोले जनप्रतिनिधी र स्वास्थ्य इन्चार्ज मिलेर कार्ययोजना तयार गरी स्वास्थ्य कर्मिहरुलाई कार्य प्रति जिम्मेवारी बनाउन इन्चार्जहरुलाई निर्देशन दिए । स्वास्थ्य कर्मिहरुले आफ्नो क्षेत्रभित्रका विध्यालयहरुमा नियमित स्वास्थ्य अनुगमन गरी प्रगति प्रतिवेदन मासिक रुपमा प्रस्तुत गर्न अध्यक्ष माझीले निर्देशन दिए ।
अध्यक्ष माझले डियुटिको समयमा आफ्नो कर्तव्य पुरा गर्नु पर्ने बताउँदै अगामी दिनमा आफ्नो कार्यप्रति बोध भएका स्वास्थ्य कर्मिहरुको इनसेन्टिभ समेत दिईने निर्णय गरीने बताए तर डियुटिको समयमा पनि आफ्नो कार्यप्रति बोध नभएका कर्मचारीहरुलाई यस पालिकामा कुनै जिम्मेवारी नदिइ विदाई गरीने अध्यक्ष माझीले बताए ।
अध्यक्ष माझीले पालिकामा जनप्रतिनिधीहरु बिच भएको आन्तरीक मनमुटावलाई चाँडै वार्तागरी या अन्य क्षेत्रहरुसँग सहकार्यगरी निराकरण गरी कर्मचारीहरुलाई कार्यसंचालन गर्न थप सहयोग पुर्याउने अश्वासन दिए । कर्मचारीहरुले जनप्रतिनिधीहरुको आन्तरीक मनमुटावको कारण देखाई कार्यप्रति ढिला सुस्ती नगर्न निर्देशन दिए ।
यसैगरी पालिकाका स्वास्थ्य शाखाका इन्चार्ज राजकुमार झाँ ले मासिक वैठकमा चिया र गफ भन्दा गरेका कार्यहरुमा प्रतिफल हुनु पर्ने जोड दिए । नेपाल सरकारले तोकिएका निशुल्क औषधीहरुको वितरण सुचि कार्यलयको सार्वजनिक स्थलमा टास गर्न आग्रह गरे । पालिकाले थप केहि दिनमा टेण्डर प्रक्रिया गरी औषधी खरिद प्रक्रिया अघि बढाएको बताए । स्वास्थ्य केन्द्रहरुमा सेवा चुरुस्त बनाउन आवश्य सामग्रीहरु पालिका तयार भएको तर स्वास्थ्य कर्मीहरुले आफ्नो जिम्मेवारी पुरा गर्न झाँ ले आग्रह गरे ।
मासिक बैठकमा पालिकाका सातै वडाका स्वास्थ्य इन्चार्जहरुको उपस्थिती सँगै वर्थिङ्ग सेन्टरका इन्चार्जहरुको उपस्थिती रहि आफ्ना भनाईहरु राखेका थिए ।
यस समाचार काेचिला एफ एम अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।