सुनवर्षी नगरपालिका उत्कृष्ट कार्यसम्पादन मूल्यांकनमा अगाडि

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित सोमबार, फाल्गुण ०५, २०८१

विराटनगर / काेशी प्रदेशको माेरङ्ग जिल्लाकाे सुनवर्षी नगरपालिका उत्कृष्ट कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन तथ्यांक अनुसार सुनवर्षी नगरपालिकाले ५०.५ अंक प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ । कोशी प्रदेशका स्थानीय तहहरूको मूल्यांकनमा सुनवर्षी नगरपालिकाले १३ औं स्थानमा रहेको छ भन्ने रंगेली नगरपालिकालाई (४३.६ अंक), १२ औं स्थानमा रहेको रतुवामाई नगरपालिकालाई (४६.६ अंक) तथा १७ औं स्थानमा रहेको धनपाल गाउँपालिकालाई (३२.9 अंक) पछि पार्दै ७ औं स्थान हासिल गरेको हो ।

सुनबर्षि, रतुवामाई, रंगेली र धनपालको कार्यसम्पादन तुलना आयोगले राजस्व व्यवस्थापन, बजेट कार्यान्वयन, शिक्षा, स्वास्थ्य, विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्च लगायतका १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको थियो। सुनबर्षि नगरपालिका — ५०.५ अंक (प्रदेशमा ७ औं स्थान, उत्कृष्ट प्रदर्शन) रतुवामाई नगरपालिका — ४६.६ अंक (१२ औं स्थान) रंगेली नगरपालिका — ४३.६ अंक (१३ औं स्थान)
धनपाल गाउँपालिका — ३२.९ अंक (सबैभन्दा कमजोर) कोशी प्रदेशका मोरङ जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादन सूची (उच्चदेखि न्यूनसम्म) विराटनगर महानगरपालिका – 73.5 (सबैभन्दा उत्कृष्ट लेटाङ नगरपालिका – 57.8 सुन्दरहरैचा नगरपालिका – 55.6बुढीगंगा गाउँपालिका – 54.6केराबारी गाउँपालिका – 53.7बेलबारी नगरपालिका – 51.0सुनवर्षी नगरपालिका – 50.5 (उत्कृष्ट प्रदर्शन)मिक्लाजुङ गाउँपालिका – 49.1उर्लाबारी नगरपालिका – 48.9कटहरी गाउँपालिका – 48.8मथान गाउँपालिका – 47.9रतुवामाई नगरपालिका – 46.6गेली नगरपालिका – 43.6 जहदा गाउँपालिका – 42.1
पथरी शनिश्वरी नगरपालिका – 41.6 कानीपोखरी गाउँपालिका – 38.4 धनपाल गाउँपालिका – 32.9 (सबैभन्दा कमजोर) सुनवर्षी को अगाडि बढ्ने संकेत यो प्रतिवेदनले सुनबर्षि नगरपालिकाको सेवा प्रवाह, बजेट कार्यान्वयन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको संकेत गरेको छ। रतुवामाई, रंगेली र धनपालभन्दा अगाडि रहन सफल सुनबर्षि आगामी दिनमा थप योजनाबद्ध विकास कार्य अघि बढाउने सुनवर्षिका मेयर श्यामप्रसाद राजवंशीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]