

एक व्यक्ति रोजगार भएपछि त्यस व्यक्तिको परिवारमा खुशी छाए जस्तै एक मालिकले एक रोजगार उत्पादन गर्न सक्नु भनेको उस्को परिवारमा आश्रीत व्यक्तिको छाक टार्न जुन सहयोग हुन्छन् त्यो अमुल्य हुन्छन् भन्ने विषय म, हामी र तपाईँ सबैलाई थाहा छैन भन्न त मिल्दैननै पकै । कुनै एक व्यक्तीको सोचबाटै रोजगारीको उत्पादन हुन्छन् जुन कुरा सर्ववितितै छन् । हुन सक्छ रोजगारको आकार सानो, ठुलो र मझौला हुनसक्छन् तर रोजगारको अर्थ एउटै हुन्छन् जुन सर्वमान्य छन् । गास, वास, कपास र शिक्षा, स्वास्थ्य लगायत अन्य धेरै छन् जुन रोजगार भएपछि मात्रै आव्श्यक्ता पुरा हुन्छन् ।
नेपाल लगायत अन्य देशको जतिपनि उधोग कलकारखाना, व्यापारिक कार्यालय, पसल, मार्ट, सुपर मार्केट, बजार तथा सबै विषय एक व्यक्तिको सोच, विचार र दृष्टिकोण बाटै भएको हो । कुनै एक व्यक्तिले केहि काम गर्न सोचनु भनेको उस्ले रोजगारी उत्पादन गर्ने कुरा सोचेको हुन्छन् । यसो भनिरहदा मात्रै एक जना सबै ठाउँमा नहोला पनि । ठुला—ठुला कम्पनीमा एक वा सो भन्दा बढि व्यक्तिहरुको सोच, विचार र दृष्टिकोणबाट पनि यस्ता धेरै रोजगार उत्पादन भइरहेको अवस्था छन । अर्को छोटो अर्थमा भने हो भन्ने कसैलेपनि केहि गर्न सोचनु भनेको रोजगार उत्पादन गर्न सोचेको भनेर बुझन जरुरी हुन्छन् ।
अहिले अर्थिक अवस्थाले देशको अवस्था र व्यवस्था परिवर्तनको त्यारी हुदै गर्दा रोजगारी तथा जनताको आमदानीमा स्पष्ट रुपमा समस्या देखिएको छ । अहिले बजार सुनसान, व्यापार चैपट, बजारमा लगानीमा समस्या, सर्टर खाली भएको अवस्था भइरहदा अर्थिक अवस्था सुधार कसरी हुन्छन् भन्ने विषय हो पनि । प्रत्येक दिनरात म, हामी र तपाईँ जहिल्यै आफनो राजीरोटिको बारेमा सोच्दछौँ र सोही अनुसार काम गर्दर्छौँ पनि । यो संसारमा जति जे गछौँ सबैको एउटा मुल्य नै हुन्छन् । मुल्य बिना केहि हुदैन । नुन, तेल, चामल, दाल र अन्य केही आव्श्यक वस्तुको पनि बिना पैशाले कोही पनि दिदैनन् । त्यसैले पनि रोजगार हुन जरुरी छन् ।
रोजगारी एक व्यक्तिको सोच पनि भन्न सकिन्छन् किनभने रोजगारीको विभिन्न तरिका हुन्छन् । फुल टाइम र पार्ट टाइम गरी अन्य तरिकाले मालिक र कर्मचारी विच्चको सुमधुर समबन्ध हो । कस्ले कति काम र कसरी गर्ने भएकोले पनि कर्मचारी र मालिक विच्चको समबन्ध सुमधुर हुन जरुरी हुन्छन् । तलब र सेवासुविधा पनि काम र कामको समय अनुसार फरक फरक हुन्छन् । कहिँकतै प्रति घण्टाको दरले हुन्छन् भन्ने कहिँकतै कामको प्रकृति र सहमती अनुसार हुने गर्दछन् । र पदिय दायरा अनुसार पनि फरक फरक हुनेगरेको हुन्छन् । एउटै कार्यालयमा पदिय र कार्यक्ष्मताको आधारमा कामको सेवासुविधा र तलब भत्ता जस्ता विषय वस्तु अगार्डीनै छुट्याउने गर्दछन् ।
समाचार माध्यममा तपाईँ हामीले हेर्छौँ उधोगी मालिक र कर्मचारी विच्चको द्घन्द त्यो एक अर्काको अबुझ मानसिकता भएको हुनुपर्छ । किनभने काम एउटै कार्यालयमा गरिराख्दा केहि विषय वस्तुमा द्घन्द हुने कुरा कसरी नहोला सतप्रतिशत हुन्छ नै तर सबै कुराको समाधान छलफल र एक आपसी समझदारी नै हो भन्ने कुरा हामी मानव जातिले बुझन जरुरी हुन्छन । नेपाल सरकारको निति र विधि एक आधार मात्रै हो जुन हामी सबैले बुझन जरुरी छन् । कार्यालय एक परिवार नै हो जहाँ सद्भाव र भावना संग जोडिएको अनिवार्य हुनुपर्छ । छलफलबाट समाधान हुन्छन् भन्ने कुरा थाहै नहोला त भन्न पकै सकिन्न ।
निष्कर्ष ः म, हामी र तपाईँ जहिल्यै केही गर्न सोचनु र गर्नुृ भनेको रोजगार उत्पादन हुनु हो । जस्तै चिया खानु भनेको कसैले काम पाउनु हो । तपाईँ जे सोचनु हुन्छन् र गर्नु हुन्छ भन्ने त्यो सबै प्रत्यक्ष तथा अप्रत्येक्ष रुपमा रोजगारको अर्थ लाग्दछ ।