

भनाई र विचारमा उत्कृष्ट एक बोलिने भाषा “ काम गरि खान देऊ ” जति यो भाषा बोलन र भन्न सहज र सुन्दर लाग्छ तेति सहज चैँ पकै छैन । देशको हरेक क्षेत्र कानुन र सरकारको सहि सिस्टमले चलेपछि मात्रै यो भनाई र विचार उत्कृष्ट हुन्छन् । देशको राजनितिक, आर्थिक, भौतिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्र देशको कानुन र भ्रष्टाचार युक्त नभएपछि यो भनाई र विचार कहिले उत्कृष्ट हुन्न सक्दैनन् । सरकारको सबै निकाय सहि र सत्य काम नगरेपछि यो भनाई र विचार कुनै अर्थमा सहि हुन सक्दैनन् कहिलेपनि । किनभने सरकारको एउटा निर्णयले एक गाउँमा बसेको एक साधारण जनतालाई प्रत्येक्ष र अप्रत्येक्ष रुपले असर परेको हुन्छन् ।
पसलमा सामान छ, किन्ने मान्छे छैन । बजारमा सटर खालि छ लिने मान्छे छैन । सेन्ट्रल मलमा कोठा छ भाँडा लिने मान्छे छैन । बल्ल बल्ल बाँचेको उधोग कलकारखाना छ तर उत्पादन गरेपछि विक्रि छैन । लगानि छ तर बिक्रि छैन । जसोतेसो पसलमा ऋण काडेर पसल सञ्चाल गरिएको छ बजारमा खरिदविक्रि छैन । अहिले विराटनगर बजार परिक्रमा गर्दा सबै व्यापारीहरु झिँङ्गगा मारेर बसेको अवस्था छ ।
“ गरि खान देऊ ” यो भनाई र यो विचार उत्कृष्ट छन् यसमा कुनै समस्या छैन नै तर यस भनाई र विचार कसरी उत्कृष्ठ र कुन अर्थमा हुन्छ भन्ने हो । व्यापारमा लगानि गरियो अवस्था छैन । ऋण् लियो तिर्ने अवस्था छैन । सरकारले कानुन लगाउँछन जनतामा तर काम गर्ने वातावरण देशको छैन । पसल सञ्चालन गरियो जनतासँग पैशा पर्याप्त छैन ।
गरि खान देऊ भन्ने विचार कस्तो लागियो । सायद यो विचार अथवा यो भनाई राम्रो लागेको छैन भनेर भन्न पकै सकिन्न् । यस विचार म, हामी र तपाईँहरुलाई राम्रो लागेको होला किनभने यो विचार नै उच्चस्तरिय रहेको छ । आ—आफनो काम अथवा आफनो कर्म अनुसार काम गरि घर गृह्स्ती चलाउन गरिने सबै पैशालाई काम गरि खानु भनिन्छन् । कोहि सरकारी कर्मचारी, शिक्षक, डाक्टर, वकिल, सिटि चालक, ठेलाबाला, पसल तथा अन्य कुनैपनि व्यापार तथा जागिर गरि आफनो घर खर्च व्यवस्थापन गरि गरिने मानविय व्यवहार नै काम गरि खानु भन्ने हो ।
मानौ करिब यो देशमा ३ करोड जनता छन् । यस ३ करोडमा एक करोड विदेश पलायन भएको मानौँ । बाँकि दुई करोड नेपाली मध्य अहिले तत्कालीन अवस्थाको जनता विदेश पलायन हुने संख्या दैनिकी घट्दो होइन बढ्दो रहेको छ जुन विषय वस्तु समाचार माध्यममा स्पष्ट रुपमा समय — समयमा रेडियो, टिभि, अनलाईन पत्रिका तथा अन्य सामाजिक सञ्जालमा यत्रतत्त्र जहाँ तेहिँ देखिन्छन् । नेपाली जनता विदेश पलायन हुनु र देशको रेमिटेन्समा वृद्धि हुनु र हामी नेपाली खुशी मान्नु त्यो केहि समयको खुशि हो भन्ने बुझनुपर्छ । यहाँको राजनितिक अवस्था, देशको अवस्था, आर्थिक अवस्था, कृषिको समस्या, भौतिक समस्या, विधुत समस्या जस्ता सबै प्रकारका समस्याबारे आवाज उठाउने सबै यूवा पुष्ता बिदेश पलायन हुदा जनताको वास्तविक हकअधिकार र यहाँको समस्या समाधान गर्न सकिन्न र यस विषयमा यूवा पुष्ता देशमा आत्मनिर्भर हुन जरुरी छन् । नेपाली जनता विदेश पलायन हुनु र देशको आर्थिक विकास हुनु सोचनु मुर्खता हो । देशको जनशक्ति घट्नु भनेको देशको आन्तरि अर्गानिक क्रय शक्ति घट्नु भन्ने नै हुन्छन् । तेसै हेरियो भन्ने छिमेकी मित्र राष्ट्रिय भारतले जनसंख्या वृद्धि संगै देशको आन्तरिक अर्गानिक क्रय शक्ति वृद्धिविकास गर्दै जादैछन् । र अर्थशास्त्रको सर्वमान्य सिधान्त अनुसार खाने मुख र जनसंख्या बढेपछि मात्रै आर्थिक वृद्धि विकास हुन्छ भन्ने हो ।
अहिले नेपालमा बजारको अवस्था कमजोर भएको बेला देशको आर्थिक अवस्था राम्रो छ भनेर भन्न सक्नु भनेको आफैँमा ठुलो प्रश्न खडा गर्नु हो । सरकारको आय स्तर वृद्धि भए अथवा नभएपनि नेपालको आर्थिक अवस्था लगायत अन्य क्षेत्रको प्राकृतिक रुपमा वृद्धिविकास हुनु अनिवार्य छ । सामाजिक मुल्य मान्यता, धर्म संस्कार, भौतिक विकास, बजारको सहि व्यवस्थापन, शिक्षा क्षेत्रको विकास होइन र सहि अर्थमा राम्रो विकास, स्वास्थय सेवामा सबैको समान पहुँच जस्ता लगायत सम्पुर्ण विषयमा समान्ता हुन अनिवार्य हुन्छन् । देशको अहिले तत्कालिन अवस्था जस्ता देशको सम्पुर्ण समस्या समाधान नगरि देशले स्थीरता पाउन सकिदैनन् । र वृद्धिविकास पनि सम्भव हुदैनन् भन्ने नै हुनुपर्छ ।