कटहरी / मोरङ्गको कटहरी गाउँपालिका वडा नम्बर ७ को श्री जनता माविको निर्वाचन आज ६ महिना भएपनि मनोनित सदस्य मनोनयन दर्ता गर्न नसक्दा विद्मालय अन्योलमा रहेको छ ।
गत मिति २०८१ ज्येष्ठ ३२ गते कटहरी गाउँपालिका शिक्षा शाखा प्रमुख ड्रोन प्रसाद पोख्रेलको संयोजकमा निर्वाचन भएको उत्त समिति पुरा नभएकोले केहि कामहरु अन्योलमा रहेको सदस्य मोहन विस्वासले बताएका छन् ।
समिति सदस्य ९ जना मध्य ४ जना निर्वाचित सदस्यहरु मोहन विस्वास, अमली देवी सरदार, स्याम सरदार र रिता देवी सरदार छन् । र २ जना मनोनयन सदस्य र त्यहाँका प्र अ सुनिल राय, वडा प्रतिनिधि बसन्त कुमार कार्की, शिक्षा प्रतिनिधि रतनलाल माझी लगायतका सदस्यहरु छन ।
करिब १८ पटक बैठक बस्दापनि दुई मनोनित सदस्य तोक्न नसकेको जनता माविमा दुई पटक कटहरी गाउँपालिकाले पत्रचार गरिसकेको त्यहाँका शिक्षा साखा प्रमुख ड्रोन प्रसाद पोख्रेलले बताएका छन ।