विराटनगर–१४ मा मुख्य सडक जिर्ण, दुर्घटनाको जोखिम बढ्यो

Logo
सरिता कर्मकार / विराटनगर प्रकाशित मंगलबार, पुष २३, २०८१

विराटनगर / विराटनगर वडा नं १४ स्थित ६ लेनको सडक करिब दुई महिनादेखि जिर्ण अवस्थामा रहेको छ। खानेपानी संस्था विराटनगरले सडकमा पाइप लाइन विस्तार गरेपछि सडक मर्मत नगरिँदा दुर्घटनाको जोखिम बढेको छ।

रानी–ईलाका प्रहरी कार्यालयदेखि करिब १०० मिटर दक्षिणतर्फ सडकभित्र रहेको पाइप लिकेज भएपछि दुई महिना अगाडि पाइप मर्मत गरिएको थियो। मर्मतका क्रममा भत्काइएको सडक हालसम्म पनि निर्माण नगरिँदा यातायातमा कठिनाइ भइरहेको छ।

रिक्सा चालक राम सिंह भन्छन्, “भत्किएको सडकका कारण यहाँ रिक्सा चलाउन धेरै गाह्रो भएको छ। दुर्घटनाको जोखिम अत्यधिक बढेको छ।”

त्यसैगरी, सिटी चालक मानबेचनले भने, “म दुई महिनादेखि यहाँ सिटी चलाउँदै आएको छु। यो बाटो भत्किएपछि सिटी चलाउन निकै समस्या परेको छ। यात्रु बोकेर यात्रा गर्न जोखिमपूर्ण छ।”

व्हीलचेयर प्रयोगकर्ता पविन कुमार मण्डलले भत्किएको सडकले थप समस्या उत्पन्न गराएको गुनासो गरे। उनले भने, “मलाई व्हीलचेयरमा यात्रा गर्न धेरै गाह्रो भएको छ। सरकारलाई अनुरोध छ, छिट्टै यो बाटो मर्मत गरियोस्।”

विराटनगर–१८ का सिटी चालक गुलाब चंद ऋषिदेवले पनि भत्किएको सडकले समस्या निम्त्याएको बताए। उनले भने, “पहिला बाटो राम्रो हुँदा सजिलै सिटी चलाउन सकिन्थ्यो। तर अहिले रातिको समयमा दुर्घटनाको जोखिम निकै बढेको छ। सामान फुट्ने समस्या पनि भइरहेको छ।”

खानेपानी संस्था विराटनगरका प्रमुख सन्तोष रौनियारले पाइप मर्मतको क्रममा सडक भत्काउनु परेको बताए । उनले भने, “सडक मर्मत गर्न मान्छे नपाइएकोले बाहिरबाट मजदुर ल्याएर एक हप्ताभित्र निर्माण कार्य पूरा गरिनेछ।”

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]