दुहवि / चिसो बढेर जनजीवन अत्यधिक प्रभावित बनेपछि दुहबी नगरपालिका वडा न.६ ले अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरेको छ ।
केही दिन यता बढेको कठ्याङ्ग्रिँदो चिसोले गर्दा ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी समस्यामा परेकाले गरिब, असहाय र विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरिएको दुहबी नगरपालिका वडा न६ले जनाएको छ ।
दुहबी नगरपालिका वडा न.६ मा एकल महिला , तथा अति विपन्न परिवार, ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्न सुरु गरिएको हो ।
दुहबी नगरपालिका वडा न.६ निवासी जेष्ठ नागरिक ७५ वर्ष दशरथ प्रसाद रौनियार लाई दुहबी वडा न.६ अध्यक्ष घन्शयाम हलुवाईले कम्बल प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थियो ।
वडा अध्यक्ष हलुवाईले जेष्ठ नागरिक ,एकल महिला ,अपांग र विपन्नमा पनि अति विपन्न ज्येष्ठ नागरिकलाई जाडोमा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको बताए । उहाँले सकेसम्म सबै ज्येष्ठ नागरिकलाई यो कार्यक्रममा समेट्न खोजिए पनि सीमित स्रोत साधनका कारण विपन्नमा पनि अति विपन्नको पहिचान गरेर कम्बल प्रदान गर्नुपरेको बताउनुभयो ।
वडा न.६ का सचिव दिपक निरौलाले चिसोमा आवश्यकताको पहिचान गरेर वडाका अति विपन्न ज्येष्ठ नागरिकको छनौट गरी उहाँहरूलाई न्यानो कपडा प्रदान गरिएको जानकारी दिए ।
उहाँले वडाले पहिचान गरेका गरिबमा पनि अति गरिब ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन केही हदसम्म सहज होस् भन्ने उद्देश्यले वडाले सहयोग गरेको बताए ।
अत्यधिक चिसोका कारण समस्यामा परेका जेष्ठ नागरिकले न्यानो कम्बल पाउँदा खुसी भएको व्यक्त भएको प्रतिक्रिया दिएका थिए ।
उहाँले न्यानो लुगा नहुँदा चिसोले रातभरि निन्द्रा नपर्ने अवस्था रहेका बेला यो कम्बल पाएकाले अब आरामले सुत्न पाइने बताएका थिए । वडा को विपन्न ज्येष्ठ नागरिकको पहिचान गरेर ३ सय कम्बल वितरण गर्न सुरु गरिएकोमा त्यसका लागि ३ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो ।