विराट गोल्डकपको नवौं संस्करण फागुनमा हुने सम्भावना, ट्रष्टको छलफल जारी

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, पुष १३, २०८१

विराटनगर/ अखिल नेपाल फुटबल संघ (एन्फा)ले विराटनगरमा नवौं संस्करणको विराट गोल्डकप आयोजना गर्न फागुन तेस्रो साताको समय तय गर्दै विराट गोल्डकप ट्रष्टलाई औपचारिक पत्र पठाएको छ। एन्फाको पत्र प्राप्त भएपछि ट्रष्टले प्रतियोगिताको आयोजनासम्बन्धी छलफल प्रारम्भ गरेको छ।

विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार, ट्रष्टले आठौं संस्करणको लेखा परीक्षण गर्ने र नवौं संस्करणको व्यवस्थापन कसरी अघि बढाउने भन्नेबारे निर्णय लिन आवश्यक सुझाव लिइरहेको छ। आठौं संस्करणमा अपेक्षित रकम संकलन नभएर २५ लाख रुपैयाँ घाटा व्यहोरे पनि यो संस्करणलाई तुलनात्मक रूपमा सन्तोषजनक मानिएको छ।

आठौं संस्करणको व्यवस्थापनका लागि प्रदेश सरकारले दिने २५ लाख, राष्ट्रिय खेलकुद परिषद्ले दिने पाँच लाख र राष्ट्रिय वाणिज्य बैंकको दुई लाख सहयोग अझै प्राप्त नभएको अध्यक्ष शाहीले जानकारी दिए। उक्त रकम आएको भए, प्रतियोगिता सात लाख नाफामा जान सक्ने सम्भावना रहेको थियो। हाल बजारमा १२ लाख र ट्रष्टको कोषको १३ लाख रुपैयाँ अपुग रहेको छ।

ट्रष्टको बैठकले दश दिनभित्र लेखा परीक्षण गर्ने र त्यसको प्रतिवेदनसहित यो कार्यकालको साधारणसभा माघ महिनामा आयोजना गर्ने निर्णय गरेको छ। साधारणसभाले नवौं संस्करणको आयोजनाका लागि तोकिएको मितिमा प्रतियोगिता गर्ने वा नयाँ समय निर्धारण गर्न एन्फासँग सुझाव माग्ने निर्णय लिनेछ।

अध्यक्ष शाहीले ट्रष्टलाई लाभ हुने हिसाबले प्रतियोगिता आयोजना गरिने र यसले विराटनगरको पहिचानलाई थप उचाइमा पुर्‍याउने बताएका छन्। प्रतियोगिताको भव्यताका लागि सम्भावित व्यवस्थापनको तयारीमा छलफल भइरहेको छ।

नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताले विराटनगरको फुटबल इतिहासमा अर्को सफलता थप्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]