भानु कलेजको कवितामा रिया र वक्तृत्व प्रतियोगितामा एन्जिला प्रथम 

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, पुष १२, २०८१

विराटनगर / विराटनगरस्थित भानु कलेजले आयोजना गरेको कविता प्रतियोगितामा रिया सुवेदी प्रथम भएकी छन् । ‘छोरी’ शीर्षकको कविता वाचन गरेर रियाले प्रथम पुरस्कार प्राप्त गरेकी हुन् ।

विद्यार्थीभित्र लुकेर बसेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रममा

‘गरिबको पीडा’ शीर्षकको कविता वाचन गरेर एन्जल श्रेष्ठ द्वितीय, ‘म हावा बोलिरहेछु’ शीर्षकको कविता वाचन गरेर जानकी राजवंशी तृतीय र ‘हाम्रो देशमा भ्रष्टाचार’ शीर्षकको कविता वाचन गरेर अंशुकुमार यादवले सान्त्वना स्थान प्राप्त गरे । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । कलेजका शिक्षक वसन्त बस्नेतसमेत निर्णायक रहेको समितिले उत्कृष्ट प्रतियोगितामा भाग लिएका १८ जना प्रतिस्पर्धीमध्येबाट पुरस्कृतको नाम छनौट गरेको हो । त्यस्तै कलेजले ‘नेपालको समृद्धि र विकासः चुनौती र अवसरहरु’ विषयक वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरेको छ । प्रतियोगितामा उत्कृष्ट विचार राखेर एन्जल श्रेष्ठ प्रथम भइन् । त्यस्तै मान्यता बस्नेत द्वितीय हुँदा आर्यन झा तृतीय र पियुष पाठक सान्त्वना भए ।

वक्तृत्वकला प्रतियोगिताको पनि नवोदित र बस्नेतले नै निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदितले पठनपाठनसँगै विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले जुन क्षेत्रमा लागे पनि उत्कृष्ट हुने लक्ष्य राख्न विद्यार्थीहरुलाई आग्रहसमेत गरे । कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठ, कोर्डिनेटर रमेश पाण्डे, अतिरिक्त क्रियाकलापका संयोजक देवेश प्रधान, कलेजका निर्देशक सम्साद अन्सारी, सुशील भगत, दीपक बराल, सोमप्रसाद निरौला, डा. नरेन्द्रकुमार चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कलेजले विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यक्रमको अध्ययनसँगै कविता, वक्तृत्व, वादविवाद, चित्रकला, हाजिरजवाफका साथै खेलकुदसहितका अतिरिक्त क्रियाकलाप गर्दै आएको प्राचार्य श्रेष्ठले जानकारी दिए । कलेजमा ६ सय विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]