नेपाली छुर्पीको निर्यातमा वृद्धि: चालु आर्थिक वर्षमा १ अर्ब १५ करोड रुपैयाँको व्यापार

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, पुष १२, २०८१

विराटनगर /नेपाली छुर्पी निर्यात बढेको छ । चालु आर्थिक वर्षको ४ महिनामा ६ लाख २१ हजार ७ सय ४७ किलो छुर्पी निर्यात भएको छ । त्यसबाट १ अर्ब १५ करोड रुपैयाँ भित्रिएको छ ।

भन्सार विभागका अनुसार नेपाली छुर्पी क्यानाडा, अमेरिका, ब्राजिल, चीन, ग्रीस, जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, युके, युक्रेनलगायत मुलुकमा निर्यात हुने गरेको छ । कूल निर्यातको करिब ९० प्रतिशत अमेरिका निर्यात हुने गरेको विभागको भनाइ छ ।

४ महिनामा अमेरिकामा १ अर्ब २ करोड २३ लाख ७१ हजार रुपैयाँको ५ लाख ५२ हजार ४८ किलो छुर्पी निर्यात भएको तथ्यांक छ । अमेरिकापछि क्यानाडामा बढी निर्यात भएको छ । ४ महिनामा क्यानाडामा ७ करोड ७२ लाख ९७ हजार रुपैयाँको ३२ हजार ४ सय ५ किलो छुर्पी निर्यात भएको विभागले जनाएको छ ।

पूर्वी जिल्लामा उत्पादित छुर्पी धेरैजसो भारत जाने गरेको नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए । इलाम, पाँचथरलगायत पूर्वी जिल्लामा घरघरमै छुर्पी उत्पादन हुने गरेको छ । ती छुर्पी व्यवसायीले संकलन गरी बिक्री र निर्यात गर्ने गरेको इलामको फिक्कलका व्यवसायी दिनेश शर्मा बताउँछन् ।

विदेशमा कुकुरको प्रमुख खानेकुरा छुर्पी हो । २०७६/७७ मा १ अर्ब २२ करोड ८३ लाख रुपैयाँको ७ लाख १७ हजार २ सय ६४ किलो छुर्पी निर्यात भएको थियो । यसमध्ये अमेरिकामा मात्रै १ अर्ब ५ करोड ९१ लाख रुपैयाँको ६ लाख २४ हजार ३ सय ५३ किलो निर्यात भएको भन्सार विभागले जनाएको छ ।

उक्त वर्ष क्यानाडामा ९ करोड २२ लाख रुपैयाँको ५४ हजार २ सय ८७ किलो निर्यात भएको थियो । २०७७/७८ मा अमेरिकामा १ अर्ब ७० करोड १३ लाख ५९ हजार रुपैयाँको १० लाख ३२ हजार १ सय ७ किलो निर्यात भएको थियो भने क्यानाडामा १६ करोड १३ लाख ९१ हजार रुपैयाँको ८४ हजार १ सय ३ किलो निर्यात भएको विभागको तथ्यांक छ ।

यस्तै, २०७८/७९ मा २ अर्ब ९१ करोड १९ लाखको छुर्पी निर्यात भएको थियो । उक्त वर्ष अमेरिकामा मात्रै २ अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपैयाँको १३ लाख ५८ हजार ६ सय ५ किलो निर्यात भएको थियो भने क्यानाडामा ३१ करोड ३५ लाख ५२ हजार रुपैयाँको १ लाख ५० हजार १७ किलो छुर्पी निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४० करोड ९० लाख रुपैयाँको १७ लाख ८६ हजार १ सय १२ किलो निर्यात भएकामा अमेरिकामा २ अर्ब ९६ करोड ७६ लाख रुपैयाँको १५ लाख २६ हजार ४ सय ४३ किलो तथा क्यानाडामा २९ करोड ४२ लाख रुपैयाँको १ लाख ४४ हजार ५ सय ३२ किलो छुर्पी निर्यात भएको तथ्यांक छ ।

यस्तै, २०८०/८१ मा ३ अर्ब १८ करोड ४३ लाख रुपैयाँको १६ लाख ४६ हजार ८ सय ८७ किलो निर्यात भएकोमा अमेरिकामा २ अर्ब ७६ करोड १३ लाख रुपैयाँको १४ लाख ३५ हजार ८ सय ५३ किलो र क्यानाडामा २६ करोड ६३ लाख रुपैयाँको १ लाख २३ हजार ८ सय २२ किलो निर्यात भएको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]