कटहरीमा सामूहिक करणीको घटना, तीनजना अभियुक्त पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, पुष ११, २०८१

विराटनगर/मोरङको कटहरी गाउँपालिका–२ मा सामूहिक करणीको जघन्य घटना सार्वजनिक भएको छ। तीनजना युवकले महिलालाई अपहरण गरी सामूहिक करणी गरेको आरोपमा पक्राउ गरिएको छ।

प्रहरीका अनुसार पीडित महिला दुई दिनअघि मंगलबार कटहरीकै अधमलाल राजबंशीको बाँसघारीमा हातखुट्टा बाँधिएको र मुखमा कपडा कोचिएको अवस्थामा अर्धचेत फेला परेकी थिइन्। स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि उनलाई उद्धार गरी कोशी अस्पतालमा उपचारका लागि लगिएको थियो।

अस्पतालमा उपचारपछि महिलाको स्वास्थ्य सुधार भइसकेको छ। उनलाई पुनःस्थापना गृहमा सुरक्षित राखिएको मोरङका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन्।

घटनामा संलग्न रहेको आरोपमा मोरङ कटहरी–२ का १९ वर्षीय सुनिल कुमार साह, २० वर्षीय महमद रमजान, र भारत अररिया घर भई कटहरी–२ मा ग्यारेजमा काम गर्दै आएका महमद गुल्जारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये रमजान र पीडित महिलाबीच पहिल्यैदेखि चिनजान रहेको जनाइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार मंगलबार बिहान घरबाट निस्कँदा ती महिलालाई सिटी चालक साह र रमजानले जबरजस्ती गाडीमा चढाएका थिए। उनलाई बाँसझ्याङसम्म लगेर सामूहिक करणी गरिएको प्रहरीले जनाएको छ।

प्रेस नोटअनुसार, अभियुक्तहरूले करणीका क्रममा महिलाले प्रतिरोधस्वरूप दाँत बाँधेको देखेपछि अर्धचेत अवस्थामा छोडेर भागेका थिए। उनीहरूले पीडितको हातखुट्टा बाँधेर मुखमा कपडा कोचेर घटनास्थलमै छोडेको स्वीकार गरेका छन्।

प्रहरीले घटनामा संलग्न तीनै अभियुक्तलाई कानुनी कारबाही अघि बढाउने प्रक्रिया थालिसकेको छ। पीडितको संरक्षण र अपराधीलाई कडा सजाय दिलाउन प्रहरी प्रतिबद्ध रहेको बताइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]