

विराटनगर / देशको आर्थिक अवस्था चरम मन्दीको सिमामा छन । देशको यस्तै अवस्था अझै रहे भने नेपाल सरकारलई सरकार चलाउन धाउ धाउ हुने देखिन्छ । नेपालको घटदो अर्थिक मन्दीका कारण देश र जनताको लागी ठुलो सम्सया छ । विराटनगर भन्सार कार्यालयलाई मात्रै हेर्ने हो भने । आर्थिक वर्ष २०८०/०८१ मा ५० अर्ब ८१ करोड रुपैयाँ भन्सार राजश्व असुली गर्ने लक्ष्य राखेको मा ३० अर्ब ३४ करोड रुपैयाँ भन्सार राजश्व मात्रै असुली गरेका छन । जुन लक्ष्यको तुलनामा ५९.७१% प्रतिशत हो ।
विराटनगर भन्सार कार्यालयले भन्सार महसुल, विलासी कर, मूल्य अभिवृद्धि कर (भ्याट) अन्तशुल्क, , सडक सुधार दस्तुर, अग्रिम आयकर, कृषि सुधार शुल्क हरित कर शीर्षकमा भन्सार राजश्व असुली गर्ने अख्तियारी प्राप्त नेपाल सरकारको राजश्व निकाय हो । लकडाउन भएको समय देदि हालसम्म देशमा देखिएको चरम आर्थिक मन्दीका कारण विराटनगर भन्सार कार्यालयको राजश्व असुली निरन्तर घट्दो क्रममा छ ।
प्रत्येक दिन नेपाली नागरीक विदेश गइरहेको अवस्थामा राजश्व वृद्घि हुन्छ भनी हामी सोचनु पनि हाम्रो मुर्खता हो । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा पनि निराशा जनक रुपमा भन्सार राजश्व असुली गरेका थिए । जसका कारण व्यापार घट्दो यसको प्रत्यक्ष असर विराटनगर भन्सार कार्यालयको राजश्व असुलीमा परेको देखिन्छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८०/०८१ मा राजश्व असुली गर्न मातहतका निकाय मार्फत १० खर्ब ५८ अर्ब ७९ करोड रुपैयाँ राजश्व असुली गरेका छन । नेपाल सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा १० खर्ब ५८ अर्ब ७९ करोड रुपैयाँ मात्रै राजश्व असुली भएको हो । जुन लक्ष्यको तुलनामा ७४.४४ प्रतिशतले राजश्व असुली भएको हो ।