ऋद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्थाको १५औ साधारण सभा सम्पन्न

Logo
चन्दन रौनियार प्रकाशित आइतबार, पुष ०७, २०८१

दुहबी / सुनसरीको दुहवी २ स्थित रहको दिनेश स्मृति प्रतिष्ठानको सभा हलमा आज ऋद्घि सिद्घि बचत तथा ऋण सहकारी संस्था लि . को १५ अौ साधारण सभा सम्पन्न भएको छ । दुहवी ३ स्थित रहि कार्यालय सँचालन गर्दै आईरहको ऋद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्थाले विगत वर्ष देखी नै साना व्यावसायिक कर्जा तथा साना उद्यमीहरुको साना साना बचत सक्लन गरी ऋण प्रवाह गर्दै आफ्ना सेवाहरुलाई विस्तार गर्दै आएको ऋद्धि सिद्धिले एक विश्वासिलो सँस्थाको रुपमा स्थापना भएका छन् ।

आज सम्मपन्न भएको १५ औं साधारण सभाको प्रमुख अथितिमा जिल्ला सहकारी सघं सुनसरीको अध्यक्ष गंगा प्रसाद दाहाल रहेका थिए। यसै ऋद्घि सिद्घि बचत तथा सहकारी संस्थाका उपाध्यक्ष सरोज कुमार सिहंले स्वागत मन्तव रहेका थिए । त्यसैगरी अथितिहरुमा सरस्वती मावीका प्र.अ तेज प्रसाद तिमल्सिना , दुहबी वडा न. ६ का पुर्व अध्यक्ष मुन्ना हलुवाई ,विभिन्न सघं सस्था प्रतिनिधिहरु र सेयर धनीहरुको उपस्थिति रहेको थियो ।

 

ऋद्धि सिद्धिले गत आ. व. २०८१÷८२मा सेयर सदस्यहरु १०५३जाना पु¥याई शेयर पुँजी रु ७५लाख ३६हजार ५ सय रुपैया हुन पुगेका छन् । त्यसैगरी सहकारीले गत आ.व.२०८१÷८२ मा जम्मा कुल आम्दानी २९ लाख ६७ हजार १सय ५५ रुपैया आम्दानी गरेका छन् भने कुल खर्चमा २७लाख १५हजार ७सय ५५ रुपैया र गत अार्थिक वर्षमा नियमित बचत रु. ८ करोड ९२ लाख ५४ हजार २ सय ४४ रुपैया रहेको यश अार्थिक बर्षमाको अन्तिममा उक्त रकम रु .१०करोड पुर्‍याउने लक्ष्य राखेको करोवार गरने लक्ष्य राखेको प्रतिवेदन प्रस्तुत गरे त्यसै गरि ऋण तर्फ अार्थिक २०८०/८१ रु. १ करोड ८२ लाख २ हजार र ऋण असुली रु. १ करोड ५६ लाख ९४ हजार ३सय २१ रुपैया भई यश अार्थिक सम्म रु २करोड ८७ लाख ३८ हजार ७सय ४८ रुपैया बाकी ऋण लगानी भएको देखिन भने कुरा प्रतिवेदनमा सँस्थाका अध्यक्ष राम कुमार पाठकले प्रस्तुत गरे ।

र साथै सहकारीको नाममा दुहवी ३ स्थित रहेको १५.५ धुर जग्गामा घर बनाउन यसै आर्थिक वर्षबाट सुरुवाती गरीने अध्यक्ष पाठकले प्रतिवेदन प्रस्तुत मार्फत बताए।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता सदस्य प्रमोद कुमार सोनार र उत्कृष्ट ऋणी सदस्य हनुमान प्रसाद डागा र असल कारोबारी सदस्य गोपाल बैडा लाई प्रमाणपत्र,दोसोला ओढाएर सम्मान गरका छन् भने दुहवीमा रहेको सरस्वती मा.वि.मा कक्षा ८मा अध्यनरत जेहेनदार बिधार्थीमा एक जना छात्र सौगात पराजुली र एकजान छात्रा अन्जली कुमारी महतो लाई बिभिन्न पाठ्य सामाग्री समेत वितरण गरेका संस्थाका ब्यवस्थापक शिव नरायण उराँव र कर्जा प्रमुख शुनिल कुमार झाले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]