जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको पहिलो उपाधि जित्यो

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, पुष ०६, २०८१

विराटनगर / जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणको उपाधि जितेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९ ओभर दुई बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ५१ बलमा ८७ रनको उत्कृष्ट इनिङ्स खेले। कप्तान आशिफ शेखले ३३ रनको योगदान गरे भने हर्ष थाकरले ३० रन बनाउँदै अविजित रहे। सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, सैफ जैब र इसान पाण्डेले समान एक–एक विकेट लिएका थिए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। सैफ जैबले ६९ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे भने विनोद भण्डारीले ४१ रनको योगदान दिए। जनकपुरका महोम्मद मोसिन र किशोर महतोले समान तीन–तीन विकेट लिए। ललित राजवंशी र जेम्स निशमले पनि एक–एक विकेट लिए।

एनपीएल विजेता जनकपुर बोल्ट्सले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ जित्यो भने दोस्रो भएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गर्‍यो। तेस्रो स्थानमा रहेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानमा रहेको चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरे।

मंसिर १५ गतेबाट सुरु भएको प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गरेका थिए। फाइनल खेलमा पुग्न सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष स्थानमा रहेको थियो भने जनकपुर दोस्रो स्थानमा रहेको थियो। यसअघि लिग चरणमा र पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई हराएको भए पनि फाइनलमा जनकपुरले शानदार प्रदर्शन गर्दै जित निकालेको हो।

नेपाल प्रिमियर लिगको यो संस्करण नेपाली क्रिकेटमा ऐतिहासिक क्षण बनेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]