राजवंशी समाजकाे दुई स्थानमा ३१औं स्थापना दिवस

Logo
ग्रामीण सहकर्मी / सुनवर्षि प्रकाशित शुक्रबार, पुष ०५, २०८१

सम्पादकीय नाेट :- राजवंशी समाज विकास समिति एक संस्था तर दुई स्थानमा आज स्थापना दिवस मनाएका छन् । विगत केही वर्ष देखि राजवंशी समाज दुई कितामा उभिएका छन् । कसैले झापा जिल्लामा स्थापना दिवस मनाउछन् भन्ने काेहि माेरङ जिल्लामा मनाउछन् । यस्ले सिङ्गो राजवंशी समाजलाई के सन्देश दिन्छन् भन्ने विषय त छदैछ तर समाज कता जादैछ भन्ने कुरा अग्रज समाजका अगुवाहरू बुझ्नुपर्ने देखिन्छन् ।

सुनवर्षि / आज ३१औं स्थापना दिवस भब्यताका साथ राजवंशी समाजले मनाएका छन् । माेरङ जिल्लाकाे सुनवर्षि नगरपालिकाकाे भेरुवाथानमा मनाएका छन् । उक्त कार्यक्रममा काेशी प्रदेशको मुख्य मन्त्री हिक्मत कुमार कार्कि पानसमा दियो बालि उधघाटन गरिएको हाे । राजवंशी समाजले ३१औं साे स्थापना दिवस माेरङकाे सुनवर्षि नगरपालिकाकाे भेरुवाथानकाे प्राङ्गणमा ठुलो संख्यामा उक्त दिवस मनाएका छन् ।राजवंशी समाज विकास समिति स्थापना २०५० सालमा स्थापना भई आज ३१ओँ स्थापना दिवस दुई स्थानमा भब्यताका साथ मनाएका छन् । सुनवर्षि नगरपालिकाकाे भेरुवाथान र झापाकाे गाैरिगन्ज गाउँपालिकाकाे वरपिपल चाैकमा दिवस मनाएका हाे ।काेशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्किले ३१औं स्थापना दिवसकाे अवसरमा राजवंशी समाजलाई बधाई तथा शुभकामना दिएका हुन ।नेपालकाे पुर्वि तराईका जिल्ला झापा, माेरङ र सुनसरी जिल्लामा बसाेवास गर्दै आएका आफ्नै कला संस्कार, पाेषाग, भाषा र विभिन्न परम्परागत संस्कार रहेको भन्दै सुनवर्षि नगरपालिका मेयर स्याम राजवंशीले बताएक छन् ।

विगत केही वर्ष देखि झापा, माेरङ र सुनसरी जिल्ला लगायत देशभरका राजवंशी समाजकाे मुख्य संस्थाकाे रुपमा रहेको रासविस एक छाता संस्थाकाे रुपमा रहेको हाे । केहि वर्ष अगाडि महाधिवेशनमा विवाद भएकै कारणले राजवंशी समाजका अगुवाहरु दुई कितामा विभाजन भएका थिए । विभाजन पश्चयात अर्को पक्ष्यले झापाको विर्तामोड सिटि प्यालेसमा विषेश महाधिवेशन गराई अर्को केन्द्रीय समिति गठन गरिएको थियोे ।साे विषयले अबैधानिक र बैधानिक विषयमा लगातार विवाद भएपश्चयात सुबन्त राजवंशीकाे अध्यक्ष भएको संस्थाले सर्बोच्च अदालतमा लेटर पेड, छाप र कार्यालयकाे महत्त्वपूर्ण कागजात विभिन्न तरिकाले प्रयोग गरिएको भन्दै मुद्दा दर्ता गरेको थिए । दुई कितामा उभिएको राजवंशी समाज विकास समिति आज उक्त मुद्दा झापा जिल्ला प्रशासनमा रहेको छ ।

पुर्व गृहराज्यमन्त्री भिमराज राजवंशी, पुर्व राज्यमन्त्री ज्ञानेश्वर राजवंशी लगायत रङ्गेलि नगरपालिका मेयर दिलिप बगडिया, सुनवर्षि नगरपालिका मेयर श्याम राजवंशी समेतको उपस्थिति रहेको थियोे । राजवंशी समाजसंग जाेडिएकाे विभिन्न पदका अगुवाहरू लगायत राजवंशी जातिहरुकाे बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]