

सबै विद्मार्थीलाई खेतमा काम गर्न लगाउने उत्पादन शिक्षा दिने सतप्रतिशत काम लगाएर शिक्षा प्रदान गर्ने व्यवस्था हुन जरुरी छन् । कृषि विज्ञानका विद्मार्थीलाई किसानको खेतमा लगेर धान, गहुँ, मकै, उखु, आलु, टमाटर, प्याज जस्ता सम्पुर्ण कृषि उत्पादन लगायत सबै विषय वस्तु प्रेक्टिकल हुन जरुरी छन् र यो सम्भव पनि छन् । र सक्नुपनिपर्छ । व्यवस्थापन संकायमा लेखामा लाखौँ, करोडौँ हिसाब किताब सिकाउने शिक्षाले आज बेरोजगार बनाएको अवस्था बजारमा देखिन्छन् । काम नलाग्ने शिक्षा नभएको पनि होइनन् फेरि यहि शिक्षा हाशिल गरेर कयौँ रोजगार भए । अहिले गाउँमा खेतमा का मगर्ने मान्छे नभेटिने अवस्था सृजना हुदै गएको छ । सबै उधोग, कालकारखाना तिर उन्मुख भए । कृषि कर्म गर्ने व्यत्ति सुध बजार धाउने अवस्था सृजना हुदै गए । गाउँका स—साना बालबालिका खेती तिर जान छोडे ।
चामल कहाँ फल्छ बोरामा, दाल कहाँ फल्छ किराना दोकानमा, चिनी कहाँ उत्पादन हुन्छ किराना दोकानमा भन्ने समय दौडदै आउदैछ । भोलिको भविषय यस्तो नहोस । समय परिवर्तनशिल हुन्छ भन्छन् समाजका विद्घान पढेलेखेका मान्छे । तर समय परिवर्तनशिल हुन्छ, समयसंगै म, हामी र तपाईँ जीवन चलाउनुपर्छ भन्दैमा हामी हाम्रो वास्तविकता र्बिसिनु हुदैनन् नै । अहिले देशमा शिक्षा व्यवहारिक केहि विषय वस्तु मात्रै भएपनि सबै शिक्षा प्रणाली पुर्णरुपले व्यवहारिक शिक्षा प्रणाली भइसकेको छैनन् । नेपालको परिवेश र देशको अवस्था अनुसार नै शिक्षा निति हुनु राम्रो मान्न सकिन्छन् नकि विदेशी शिक्षा निति हुनुपर्छ । तर यहाँ विदेशी शिक्षा नीति र जनताको वास्तविक जीवन, वस्तु स्थीति र परिवेश अनुसार हुनुपर्थियो तर छैनन् ।
यहाँको भुगोल, कला, संस्कार र संस्कृति र भाषा जस्ता मानवका मुलभुत विषेशताहरु हुन । यी विषयमा सबैको हित हुने शिक्षा प्रणाली हुनुपर्छ । तर दिगो विकास र आधुनिक विकास कसरी गर्ने भनी देश तथा विस्वभर विकासको आन्दोलन भनौ या हावादारी विकासको शिक्षा प्रणली भनौँ । सबै देश लागिपरेको छ जुन प्राकृतिक रुपमा खतरनाक सावित एकदिन पकै हुदैन भन्न सकिन्न् ।
शिक्षा भनेको व्यवहारिक हुन आवश्यक छ । कृषि विज्ञान अनिवार्य व्यवहारिक र प्रेक्टिकल हुनुपर्छ । धान, गहुँ, मकै, तरकारी बाली, भुगोल, संस्कार, संस्कृति र मात्री भाषा जस्ता केहि मुलभुत विषयहरु स्कुल देखि अनिवार्य पढ्नुपर्ने व्यवस्था गर्नुपर्छ । किनभने नेपालको मुलभुत विशेषता नै यहि हो । शिक्षा प्रणाली एक दिन थेउरी र अर्को दिन प्रेक्टिकल अनिवार्य गर्नुपर्ने व्यवस्था हुन जरुरी छ । विद्मार्थीलाई थाहा हुनैपर्छ कि चामल, गहुँ, दाल र आलु जस्ता सबै तरकारी बालीहरु लगायत सबै कृषि उत्पादनहरु कसरी हुन्छ भन्ने विषय अनुभव गराएर शिक्षा दिन आव्शयक छ । नभए अहिले आधुनिकताको नाममा सबै सहरबजार पुगि गाउँ खाली भएको बेला त्यो कसरी उत्पादन हुन्छ र कहाँ के गरि कसरी काम गर्छ र किसान हाम्रो जीवनमा के महत्व राख्दछ भन्ने विषय थाहै नपाउने हुन्छ । किसानको मेहनतलाई सबै आउने भावी पूष्ताले थाहा अनिवार्य पाउनुपर्छ । नभए भोली भविष्यमा चामल, गहुँ, दाल, आलु जस्ता उत्पादन के हो, कहाँ उत्पादन हुन्छ र कसरी गरिन्छन् भन्ने विषय थाहा नपाउनु सहि नै हुनेछ । त्यसैले भएपनि आउने भावि पुष्तालाई जमिन अथवा देशको माटोसंग जोडन सकियौँ भन्ने पकै भविष्यमा जिमेदार नागरिक देशले पाउछन् ।
नेपालको शिक्षा प्रणाली नै परिवर्तन गर्न जरुरी छन् । कृषि, जलवायु, भेटनरी र शिक्षा संकाय, व्यवस्थापन र विज्ञान लगायत उच्चस्तरिय शिक्षा समेत सम्पुर्ण विषय वस्तु अनिवार्य सतप्रतिशत अभ्यास पुर्ण हुन जरुरी छन् । एक दिन थेउरी पढाउने र अर्को दिन अनिवार्य प्रेक्टिकल शिक्षा हुनुपर्छ । गाउँमै गएर आलु, प्याज, धान र गहँु कसरी रोपिन्छ भन्ने विषय अध्यन गराउन जरुरी देखिन्छन् अहिलेको शिक्षामा । उधोग कल कारखानामा गएरै भएपनि विज्ञान तथा इन्जिनियरिङ्ग संकायका सबै विद्मार्थीलाई मेसिन चलाउन सिकाउने जस्ता अभ्यास गराउन जरुरी छन् । देश बाश्रम मुक्त गराउने अभियान भएपनि अर्को तरिकाले बुझ्ने हो भन्ने सबै विद्मार्थीलाई सतप्रतिशत अभ्यास पुर्ण शिक्षा प्रदान गर्न सक्नुपर्छ । भन्दापनि सकियौँ भन्ने मात्रै जीमेदार नागरिक देशले पाउन सक्छन् ।
कृषि उत्पादन भनेको के हो ?
कृषि बाली तथा पशुपालन, मत्स्यपालन खाद्य तथा गैर खाद्य उत्पादन गरिने एक तरिका हो । यो जमिनमा एक ÷ एक विउ रोपी उस्को हजारौँको संख्यामा उत्पादन वस्तु उत्पादन गरि वृद्घि गरीने सबै कृषि उत्पादन हो । अर्थात माटोवाट उत्पादन हुने सबै उत्पादन कृषि उत्पादन भन्न सकिन्छन् । खेत वा बारीमा अन्नको विउ रोपी त्यसलाई हलो, कदालो, मल तथा अर्गानिक मलवाट गोडमेल गरेर अन्न उब्जाउने काम भनेको कृषि बुझनुपर्छ । पशुपालन्, बाली उत्पादन्, मत्स्यपालन र अन्य जिव–जन्तुको खेती वा पालन कृषि हो । कृषि मानव सभ्यताको उदयमानको प्रमुख विकास रहेको छ । जहाँ विविध प्रजातिहरूको खेतीले खाद्य अधिशेष सिर्जना गर्छन जसले मानिसहरूलाई शहरहरूमा बस्न सक्षम बनायो ।
हाल अधुनिक यूगमा कृषि कर्म पुरानो प्रविधिवाट नहोला तर आधुनिक कृषि विज्ञानसंगै प्रकृतिलाई समस्या नदिइ काम गर्न सकिन्छ । जस्तै अर्गानिक मल प्रयोग गर्ने, किटनाशक औषधि प्रयोग नगर्ने जस्ता कुराहरुमा ध्यान दिन सकिन्छन् । आधुनिक तर्फ उन्मुख भएको कृषिलाई नकारन सकिदैन होला तर केहि हदसम्म व्यवस्थापन गर्न पकै सकिन्छ । वनस्पति प्रजनन, कृषि रसायन जस्तै कीटनाशक र मल, र प्राविधिक विकासले बालीको उत्पादनमा तीव्र वृद्धि गरेको छ । तर यसले पारिस्थितिक र वातावरणीय क्षतिमा पनि कम योगदान पुर्याइएको छैन भन्न चैँ पकै सकिन्न् । पशुपालनमा चुनिंदा प्रजनन र आधुनिक अभ्यासहरूले पनि मासुको उत्पादनमा वृद्धि गरेका नै छन्, तर पशु कल्याण र वातावरणीय क्षतिको बारेमा हालको अवस्थाले प्राकृतिक रुपमा चिन्ता व्यक्त गरेकै छन् । वातावरणीय मुद्दाहरूमा जलवायु परिवर्तन, जलस्तरको क्षय, वन विनाश, एन्टिबायोटिक प्रतिरोध र अन्य कृषि प्रदूषणमा योगदान समावेश छन् । कृषि वातावरणीय क्षतिको मुख्य कारण र संवेदनशील दुवै हो, जस्तै जैविक विविधताको हानि, मरुभूमिकरण, माटोको क्षतिको कारण, र जलवायु परिवर्तन, जुन सबै बालीनालीमा कमी ल्याउन सक्छ ।