एनपीएल: चितवन र लुम्बिनी आमने-सामने, कर्णाली र पोखराको दोश्रो खेल

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर २५, २०८१

विराटनगर/ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन्।

बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दै छन्। चार खेल खेलिसकेको चितवन तीन जितसहित ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। त्यसैगरी, कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले अहिलेसम्म जितको खाता खोल्न सकेको छैन। लुम्बिनीले आजको खेलमार्फत लिगमा आफ्नो उपस्थितिको प्रभाव देखाउन खोज्नेछ।

दिउँसो १ बजे हुने दोश्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन्। कर्णालीले चार खेलमध्ये दुई जित र दुई हारका साथ ४ अंक बटुलेको छ र तालिकाको चौथो स्थानमा छ। पोखरा एभेन्जर्स भने तीन खेल खेल्दा दुई हार र एक जितका साथ २ अंकमा सीमित छ।

दुवै खेल टोलीहरूको लागि महत्त्वपूर्ण मानिएको छ। चितवन आफ्नो विजयी लयलाई कायम राख्न चाहन्छ भने लुम्बिनी जितको खोजीमा छ। उता, कर्णाली आफ्नो स्थान बलियो बनाउने प्रयासमा छ भने पोखरा अन्तिम चारमा पुग्न संघर्षरत छ।

त्रिवि मैदानमा आजको खेलहरूले लिगको तालिका थप रोचक बनाउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]