

विराटनगर/ नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कुनै पनि खेल तय गरिएको छैन। तर, भोली मंगलबार भने दुई महत्त्वपूर्ण खेल हुने तालिका छ।
पहिलो खेल बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्सबीच हुनेछ। यस खेलमा चितवन उत्कृष्ट लयमा रहेको छ। चार खेलमध्ये तीन खेल जितेर चितवन शीर्ष स्थानको दाबेदार बनेको छ। अर्कोतर्फ, लुम्बिनी लायन्सले चार खेल खेलिसक्दा पनि आफ्नो खाता खोल्न नसकेको निराशाजनक प्रदर्शन गरेको छ। यो खेल लुम्बिनीका लागि पहिलो जितको खोजीमा महत्वपूर्ण हुनेछ।
मंगलबारको दोस्रो खेल दिउँसो १ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ। कर्णालीले चार खेलमध्ये दुईमा जित हासिल गर्दै सन्तोषजनक प्रदर्शन गरेको छ। त्यस्तै, पोखरा एभेन्जर्सले तीन खेल खेल्दा एउटा खेल मात्र जित्न सकेको छ। यस खेलले तालिकामा दुवै टोलीको स्थिति सुधार्न महत्वपूर्ण भूमिका खेल्नेछ।
मंगलबारका यी खेलहरू एनपीएलको रोमाञ्चकता थप बढाउने अपेक्षा गरिएको छ। दर्शकहरू दुवै खेलको प्रतीक्षामा छन्।